बाहुनडाँगी बन्यो खेलकुदमय

बाहुनडाँगी : झापाको मेचीनगर—२ बाहुनडाँगीमा बुधबारदेखि पाचौँ मेचीनगर नगरपालिका स्तरीय अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

मेचीनगरमा नगर स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका कारण यतिबेला मेचीनगर—२ खेलमय बनेको छ । मेचीनगर नगरपालिकाले खेलकुदमा बजेटको व्यवस्था गरी नगरस्तरीय प्रतियोगिता आयोजनासँगै विद्यालयस्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन भएको हो ।

जिल्ला खेलकुद विकास समिति झापाको संयोजन, मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ को व्यवस्थापन र मेचीनगर नगरपालिकाको आयोजनामा भएको प्रतियोगिताको प्रमुख अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोख्रेल उप्रेतीले एक भव्य समारोहकाबीच विधिवत उद्घाटन भएको घोषणा गर्नुभयो । मेची जनसाधारण माध्यमिक विद्यालयको प्रागणमा सुरु यो चौधौं झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शील्ड छनौट खेलकुद प्रतियोगिता समेत हो ।

राष्ट्रको खेलकुदको भविष्य तथा विद्यालय खेलकुदलाई एउटा औपचारिकतामा मात्र सीमित नगरी उत्सवको रूपमा प्रतियोगिता आयोजना गरी खेलाडी र खेल क्षेत्रकै हौसला बढाउन मेचीनगर नगरपालिकाले उल्लेखीय भूमिका खेलेको उपप्रमुख उप्रेतीको बताउनुभयो ।

नगरभित्रको खेलकुद गतिविधिलाई जिल्लाका सबै क्षेत्रमा पुर्याउने र स्थानीय मेचीनगरका विभिन्न विधाका खेलाडीहरुलाई खेलकुदप्रति अपनत्व र जिम्मेवार बनाउने उद्देश्यले रहेको उपप्रमुख मीना पोख्रेल उप्रेतीको भनाई छ ।

उपप्रमुख उप्रेतीले खेलकुदले खेलाडीलाई मात्र नभई समग्र राज्यलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने बताउँदैं खेल र खेलाडीमा अपेक्षा अनुसार लगानी गर्न नसके पनि हाम्रा विभिन्न विधाका खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरी मुलुकको पहिचान अन्तर्राष्ट्रिय जगतमा पु¥याइरहेको धारणा राख्नुभयो । ‘स्वास्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुदछा’ भन्ने खेलकुदको मूल नारा रहेको भन्दैं उपप्रमुख उप्रेतीले स्वास्थ्य र राष्ट्रका लागि मात्र होइन्, अब खेलकुद रोजगारीको क्षेत्र पनि बन्नुपर्नेमा जोड दिनुभयो ।

नगरका सुविधा सम्पन्न विद्यालय परिसरमा हुँदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगित ग्रामीण क्षेत्रमा आयोजना गर्न थालिएपछि गाउँ–गाउँमा खेलकुदको ‘क्रेज’ बढेको वडा नम्बर २ का कुस्ती खेलाडी बच्चन राजवंशीको प्रतिक्रिया छ । विद्यालय पनि आफ्नो विद्यालय परिसरमा प्रतियोगिताको व्यवस्थापन गर्ने जिम्मा पाएकोमा उत्साहित भएको प्रधानध्यापक चन्द्रशेखर गुरागाईँको भनाई छ ।

नगरका सुविधा सम्पन्न विद्यालय परिसरमा केन्द्रित हुँदै आएको रनिङ शिल्ड नगर शिक्षा शाखाको पहलमा यस पटक ग्रामीण क्षेत्रमा आयोजना गरिएको हो । अहिले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनोट चरणका प्रतिस्पर्धा भईरहेको छ । प्रतियोगितालाई व्यवस्थित र मर्यादित ढंगले सञ्चालन गर्दै सफल तुल्याउनका लागि प्राविधिक–प्रशिक्षकहरुलाई जिम्मेवारी बाँडफाँड गरिएको छ ।

नगर स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेपछि प्रतियोगिताबाट छनोट भएका खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउने अनि प्रदेशहुँदै केन्द्रमा समेत उनीहरले सहभागी जनाउने नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव होमनाथ भण्डारीले जानकारी दिनुभयो ।

मेचीनगर नगरपालिकाका सामाजिक विकास समितिका संयोजक हृदय राजवंशीको अध्यक्षतामा भएको सुरु प्रतियोगितामा छात्रा छात्रातर्फको भलिबल, कबड्डी, एथलेटिक्सतर्फ दौड ट्रयाक, उफ्रने र फ्याक्ने फिल्ड, मार्शल आर्टतर्फ कराते, तेक्वान्दो, उसुतर्फ थाओलु र सान्सौंलगायतका खेकल विधा समावेश गरिएको प्रतियोगिताको व्यवस्थापनको जिम्मा पाएको मेची जनसाधारण माध्यमिक विद्यालय मेचीनगर—२ का प्रधानध्यापक चन्द्रशेखर गुरागाईँले जानकारी दिनुभयो ।

मेचीनगरभित्रका ५० वटा विद्यालय सहभागि रहेका छन् । प्रतियोगिताबाट विभिन्न विधाका कुल एकसय १० विद्यार्थी छनौट हुने अनि जिल्लाहुदैं प्रदेश र केन्द्रमा हुने प्रतियोगितामा सहभागिता जनाउने छन् । नगरमा छनोट हुने खेलाडीले जिल्लाहुदैं कोशी प्रदेशस्तरीय छनोट प्रतियोगितामा मेचीनगरको प्रतिनिधित्व गर्दै सहभागिता जनाउने छन् ।

पौष ५ गतेसम्म चल्ने प्रतियोगिताको उद्घाटनसत्रमा नगरपालिकाका जनप्रतिनिधिहरु, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’, विभिन्न विद्यालयका प्रधानध्यापक, खेल शिक्षक, शैक्षिक संघ संगठनका प्रमुख प्रतिनिधि, राजनीति दल, विभिन्न सरकारी तथा गैर सरकारी संघ संगठनका प्रमुख प्रतिनिधि, अधिकारकर्मी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत ठूलो संख्यामा विद्यार्थीहरुको सहभागिता रहेको छ ।mechinagarbara

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array