झापा कप-२०८१ फुटबल प्रतियोगिताको उपाधिका लागि आज न्युरोड टिम (एनआरटी) र चर्च ब्वाइज क्लबबीच फाइनल खेल हुनेभएको छ । शनिबार एनआरटीले राष्ट्रिय जागृति क्लबलाई ३-० ले टाइब्रेकरमा हराउँदै चर्च ब्वाइजसँगको उपाधि फाइनलको यात्रा पक्का पारेको हो । यो स्पर्धाका विजेताले १० लाख र उपविजेताले पाँच लाख नगद ट्रफी पुरस्कार पाउने छन् ।
गोर्खा ब्वाइज स्पोर्ट्स क्लबलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको चर्च ब्वाइजले फाइनल प्रवेशका लागि सिराहाको सहलेश फुटबल क्लबलाई पराजित गरेको थियो ।
यसैबीच, चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठ र एनआरटीका प्रशिक्षक जीवन सिन्केमानले आ-आफ्ना टोलीले उपाधि सुरक्षित गर्ने दाबी गरेका छन् ।
आइतबार भएको ‘प्रि–म्याच कन्फ्रेन्स’मा उनिहरूले जीत आफ्नो पक्षमा पर्ने दाबी गरेका थिए ।
प्रतियोगितामा झापा–११ फुटबल क्लबसहित भारतको जिटिए दार्जिलिङ, गोर्खा ब्वाइज रुपन्देही, एलएक्स सिटी मोरङ, राष्ट्रिय जागृति क्लब इटहरी, सहलेश युथ क्लब सिरहा, त्रिभुवन आर्मी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, एनआरटी क्लब काठमाडौँ र चित्लाङ एफसी काठमाडौँ सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *