बिर्तामोड झापा
बाह्रदशी जेसिजको अध्यक्ष पदमा तिर्थ प्रसाद काफ्ले निर्वाचित भएका छन्।
बिहीबारबाट सुरु भएको अधिवेशनले काफ्लेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो।
बर्ष २०२५ कोलागी अध्यक्ष पदमा जेसी तिर्थ प्रसाद काफ्ले, सहित कार्यकारीणी उपाध्यक्ष पदमा राजु अधिकारी र विश्वास गौतम, उपाध्यक्ष पदमा गोपाल उप्रेती, गोकुल घिमिरे, विक्रम कट्टेल र तुलसी खरेल निर्वाचित भएका हुन् ।
नेपाल जेसिसको विधान अनुरूप प्रत्येक एक वर्ष कार्यकाल रहने र सामाजिक उत्तरदायित्व बहन गर्दै सेवा गर्ने संस्था भएकोले धेरैको आकर्षणको बिन्दु बनेको छ जेसिस
