हार्ट फाउन्डेसनको केन्द्रीय सभा झापाको बिर्तामोडमा शूरु – मुटुको समस्या जटिल बन्दैछ नेपालमा डां रेग्मी भिडियो सहित

नेपाल हृदयरोग निवारण प्रतिष्ठान हार्ट फाउन्डेसन को केन्द्रीय सभा झापाको बिर्तामोडमा शूरु भएको छ

प्रतिष्ठानको ३३ औँ केन्द्रीय सभा आज शनिवार झापाको विर्तामोडमा शूरु भएको हो।

केन्द्रिय भेलामा डाक्टर प्रकाशचन्द्र रेग्मीले कार्यपत्र प्रस्तुत गर्दै मुटु रोगसम्बन्धी सचेतना जगाउने र यसको उपचारको लागि वकालत गर्दै आएको र अवका् दिनमा नेपालमा २ करोडको अक्षय कोष बनाएर अघि बढन खोजिएको बताउनुभएको छ ।

भेलामा डक्टर मेगेन्द्रराज पाण्डेको अगुवाईमा २०४५ सालमा स्थापना भएको केन्द्रले ५९ जिल्लामा शाखा र बाँकी अन्य जिल्लाहरूमा तदर्थ समिति विस्तार गरी ७७ वटै जिल्लाबाट कार्य गर्दै आएको पूर्वअध्यक्ष डिल्लीराम घिमिरेले जानकारी दिनुभएको छ ।

केन्द्रले मुटुका बिरामीहरूको उपचारका लागि आर्थिक सहयोग गर्नुका साथै सहिद गङ्गालाल हृदय रोग केन्द्र र अन्य सहयोगी संस्थाहरूसँग समन्वय गरिदिने गरेको पनि घिमिरेले बताए ।

केन्द्रमा स्थापित कोषको रकमबाट उत्कृष्ट कार्य सम्पादन गर्ने शाखाहरूलाई पुरस्कृत गर्दै आएको अघि बढन लागिएको झापाका अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभएको हो ।
गत वर्ष झापाको कनकाई नगरपालिकाले नगर क्षेत्रभित्र सूर्तीजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाएको कारण पालिकालाई सम्मानसमेत गरेको थियो ।

कार्यक्रमको अवधिमा स्वयमसेविकाहरूलाई प्राविधिक तालिम दिनुका साथै आइतवार विहान बिएन्डसी अस्पतालबाट प्रभातफेरी निकाल्ने आदि कार्यक्रम तयारी गरिएको झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभएको छ

कार्यक्रममा सहभागीहरूलाई झापाका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले स्वागत गर्नूभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array