खवास फाउण्डेशनको बार्षिकउत्सवमा सम्मान र कृर्ति विमोचन कार्यक्रम सम्पन्न

रण–खड्ग खवास फाउन्डेसनले बार्षिक उत्सवको अवसरमा सम्मान सहित कृर्ति विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।

आज झापाको धुलावारीमा फाउण्डेशनले आफ्नो दोस्रो वार्षिकोत्सबका अवसर पारि सम्मान तथा कृर्ति विमोचन कार्यक्रम आयोजना गरेको हो

झापाको मेचीनगर (१५ स्थित रण–खड्ग खवास फाउन्डेसनले आफ्नो दोस्रो वार्षिकोत्सबका अवसर पारेर चारवटा विधा अन्तर्गत उत्कृष्ट कृषक, उत्कृष्ट महिला उद्यमी, उत्कृष्ट प्रतिभा र उत्कृष्ट प्रोत्हसान पुरस्कारबाट जिल्लाका चारजना व्यक्तित्वहरुलाई सम्मान गरेको हो ।

शनिवार धुलाबारी स्थित शान्ति समाजको सभा हलमा आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् मदन पुरस्कार विजेता कृष्ण धरावासीले उत्कृष्ट कृषक पुरस्कार अन्तर्गत कृषि अभियन्ता चन्द्रगढीका भीम कुँवर, उत्कृष्ट महिला उद्यमी शिवसताक्षिकी फुलकुमारी चौधरी, उत्कृष्ट प्रतिभा सम्मानबाट मेचीनगरका फरकक्षमता भएका राम बुढाथोकी र प्रोत्हसान पुरस्कारबाट धुलाबारी माविमा अध्ययनरत कक्षा–१० की दिव्या रायलाई सम्मान गरिएको हो ।
सम्मानित हुनेहरु क्रमश उत्कृष्ट कृषि , उत्कृष्ट प्रतिभा र उत्कृष्ट महिला उद्यमीलाई समान १५हजार रुपैया र उत्कृष्ट प्रतिभालाई रु ५हजार नगद र सम्मानपत्रसहित सम्मान गरिएको हो ।

उत्कृष्ट कृषक विधामा सम्मानित भएका कृषि अभियन्ता कुँवरले विभिन्न ठाउँमा गएर आफुले कृषिका विषयमा किसानहरुलाई प्रशिक्षण दिने गरेको बताउनुभएको छ । कुंवरले अहिले हाम्रो भान्सामा विषादी पाकिरहेकाले यसतर्फ सबै सचेत भएर विषादी रहित उत्पादनमा लाग्नुपर्ने शुभकामना मन्तव्य राख्दै यस्तो धारणा बताउनुभएको हो ।
सम्मानित भएकी महिला उद्यमी चौधरी दुधेमा मौरी पालन गरेर जीवीकोपार्जन गर्छिन् भने फरक क्षमताका बुढाथोकी लागूऔषध र समाजका विकृति विसंगति विरुद्ध सामाजिक सेवामा सक्रिय रहेका छन् । बुढाथोकी अपाङ्गता भएपनि धुलाबारीको प्रगतिशील युवा क्लबका अध्यक्ष हुन् ।

यसैगरी प्रोत्हसान पुरस्कारबाट सम्मानित कक्षा–१० की राय विभिन्न विद्यालयमा हुने हाजिरिजवाफ प्रतियोगितामा उत्कृष्ट हुने एक इमानदार एवम् मेद्यावी विद्यार्थी हुन् । उनले प्रदेश स्तरको वक्तित्वकलामा प्रथम स्थान हासिल गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array