बिर्तामोड झापा
बिर्तामोडका युवा उद्यमी सञ्जीव घिमिरे नेपाली कांग्रेस उद्योग तथा व्यापार विभागका केन्द्रीय सदस्यमा मनोनित हुनुभएको छ।
आज मङ्गलबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकबाट युवा उद्यमी सञ्जीव घिमिरे उद्योग तथा व्यापार विभागको केन्द्रीय सदस्यमा मनोनित हुनुभएको हो।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घिमिरेसहित कञ्चनपुरका खगेश्वर बोहरा जुम्लाका मिनबहादुर भण्डारी काठमाडौँका ध्रुव खड्का कपिलवस्तुका जमशेर अलि मिया काभ्रे प्लान्चोकका सिताराम परियार सोलोखुम्बुका शम्भु हरि बास्तोला लमजुङका जुनु गुरुङ रौतहटका विजयकुमार सिंह र काठमाडौँका राजिव श्रेष्ठलाई नेपाली कांग्रेसको उद्योग तथा व्यापार सदस्यमा मनोनित गर्नुभएको हो।
घिमिरे अलैची तथा जडीबुटी उद्योगी व्यवसायीहरूमा परिचित नाम हो भने उनी लामो समयदेखि बिर्तामोड उद्योग वाणिज्य संघमा उपाध्यक्ष सहितका विभिन्न पदमा रहेर नेपालीका हितमा काम गर्दै आउनुभएको छ।