मुख्य पृष्ठ
समाचार
सोच
कला
बजार
खेलकुद
प्रवास
रोचक
स्वास्थ्य
मल्टिमिडिया
पाँच प्रश्न
English

झापामा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु
facebook sharing buttonSharetwitter sharing buttonmessenger sharing buttonemail sharing button
दैनिक नेपाल२०८१ पुष १८ गते ५:४७

झापा, १८ पुस । जंगली हात्तीको आक्रमणमा कचनकबल वडा नं. ७ की ३४ वर्षीया केलावती राजबंशीको मृत्यु भएको छ ।

स्थानीय दिपज्योति सामुदायिक वनमा गाउँका १५ जना महिलाहरूसँग दाउरा खोज्न गएकी राजबंशी बुधबार दिउँसो १२ बजेतिर एउटा हात्तीले लखेटेपछि जंगलमै हराइरहेकी थिइन् ।

हात्तीको लखेटाइमा महिला बेपत्ता भएको खबर पाएपछि नौ किलोमिटर टाढा रहेको इलाका प्रहरी कार्यालय बनियानीबाट प्रहरी नायव निरीक्षक रोहित मगरको नेतृत्वमा प्रहरीको टोलीले जंगलमा खोजी गर्दा उनलाई घाइते अवस्थामा उद्धार गरी उपचारका लागि सुरूमा भद्रपुरको ओमसाई पाथिभरा हस्पिटल पुर्‍याएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी कृष्णकुमार चन्दले बताए ।

मरणासन्न अवस्थामा रहेकी घाइतेलाई थप उपचारका लागि भद्रपुरकै प्रादेशिक अस्पतालमा लगिएको थियो । प्रादेशिक अस्पताल पुर्‍याउनासाथ चिकित्सकहरूले घाइतेलाई मृत भइसकेको घोषणा गरेको चन्दले जानकारी दिए ।रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *