नेपाल इंलिस ल्यागंवेज टिचर्स एशोसिएसन (नेल्टा) को आयोजनामा झापाको बिर्तामोडमा दुई दिने ‘महिला अंग्रेजी शिक्षक सम्मेलन २०२२’ शुरु भएको छ । नेपालमै पहिलो पटक झापास्थित बिर्तामोडमा शुरु भएको ‘फिमेल इग्लिस टिचर्स कन्फ्रेन्स २०२२’ शुक्रवार शुरु भएको हो ।
प्रेरणा, नेतृत्व र प्राविधिक शिक्षण मार्फत महिला अंग्रेजी शिक्षकहरुलाई सशक्तिकरण गर्ने उदेश्यले ‘महिला अंग्रजी शिक्षक सम्मेलन २०२२’ आयोजना गरिएको नेल्टा झापाका अध्यक्ष धमेन्द्र भट्टराई (मामा) ले बताए । सम्मेलनमा झापाका सामाुदायिक, निजि तथा अंग्रेजी बिषय पढाइरहेका तीनसय वढी महिला शिक्षिकाको सहभागीता रहेको छ ।
सम्मेलनमा प्रमुख बत्ताको रुपमा नेल्टाकी अध्यक्ष प्रो.मोतिकला सुब्वा देवान, नेल्टाका सल्लाहकार हेमन्तराज दाहाल, नेल्टाका बरिष्ठ उपाध्यक्ष प्रो. लक्ष्मण ज्ञवाली, युनिसेफकी शिक्षा बिशेषज्ञ बैशाली प्रधान, टोष्ट माटर्सकी अध्यक्ष एन्जीला बिष्ट र युएसका दुईजना बिज्ञहरुले सहजीकरण गर्ने जनाइएको छ । सम्मेलन भोली शनिवार सम्पन्न हुनेछsadapatra
Discussion about this post