बिर्ता लेडि जेसिसले गर्यो उत्कृष्टहरूलाई सम्मान

वीरता लेडी जेसीजले आज पत्रकार सन्तोष शर्मासहित विभिन्न विधामा वर्ष उत्कृष्ट व्यक्तिहरुलाई सम्मान गरेको छ । लेडी जेसीजले आज २० औं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रमको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

लेडी जेसीजले पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकारिता अवार्डबाट पत्रकार सन्तोष शर्मा र उत्कृष्ट जेसी अवार्डबाट कविता ओलीलाई सम्मान गरेको छ । लेडी जेसीजकी अध्यक्ष मेनुका ओलीले सुमित्रा भट्टराई, रीमा भट्टराई र मीना घिमिरेलाई मानार्थ सदस्यता प्रदान गर्नु भएका हो ।

यज्ञ–तीर्थ स्मृति उत्कृष्ट सम्मानबाट शिक्षासेवी निरा प्रधानलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष गणेश सापकोटा, सन् २०२४ की अध्यक्ष मेनुका ओली, संस्थापक अध्यक्ष शारदा रिजाल लगायतले सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

निवर्तमान अध्यक्ष संगीता गिरीले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा सम्मानितहरुको सम्मान पत्र पूर्वअध्यक्षहरू उर्मिला बिमली खरेल, कञ्चना ढकाल सिटौला, नैनकला भट्टराईलगायतले बाचन गर्नु भएको थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले आफूले एक वर्षमा ५१ वटा कार्यक्रम गरेको र प्रत्येक महिना इफिसेन्सी अवार्डसहित १४ वटा अवार्ड प्राप्त गरेको बताउनु भयो ।

कार्यक्रममा वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष ओलीले सन् २०२५ की अध्यक्ष निशा शाक्यलाई शपथ ग्रहण गराउनु भएको छ । ।

कार्यक्रममा जिल्ला समन्वय समिति उपाध्यक्ष शान्ता रोक्का, वीरता जेसीजका अध्यक्ष विकास बस्नेत, वीरता लेडी जेसीज पूर्व अध्यक्ष क्लबकी अध्यक्ष कञ्चना ढकाल सिटौला, नेपाल जेसीजका निवर्तमान राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष भीमबहादुर कुँवर लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी वीरता लेडी जेसीज सन् २०२४ की महासचिव मुना अधिकारी र वीरता लेडी जेसीज सन् २०२५ की महासचिव प्रभा रायमाझीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array