बुद्ध एयरमा समस्या देखिएपछि आकाशबाटै फर्कियो काठमाडौँ

त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आधा उडानमा नै काठमाडौं फिर्ता गरिएको छ ।

बुद्ध एयरकाे सञ्चालक समितिका अनुसार उडान नं ९५३ को कलसाइन नाइन एन-एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि आधा उडानमै फिर्ता गरिएको हाे ।

पाइलटले तत्काल विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए ।

विमान आधा समय उडान गरिसकेको अवस्थामा काठमाडौं फिर्ता गर्नु परेकाे पाइलटकाे भनाई छ ।

विमान ११:१५ मा काठमाडौंमा सुरक्षित अवतरण गरेको थियाे।

यात्रुहरूलाई अर्को विमानबाट भद्रपुर पठाएकाे थियाे ।

बुद्धको विमान अवतरण गराउने क्रममा विमानस्थलमा केही बेर अन्य उडान रोक्नु परेको थियो ।

अन्य विमानहरुलाई हाेल्ड गराएका कारण आकासमा धेरैबेर फन्को मार्नु परेको थियाे ।

काठमाडौंबाट १० : ३८ मा उडेको विमानलाई अवतरणका दौरान त्रिभुवन विमानस्थलमा इमर्जेन्सी घोषणा गरिएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array