झापाको बिर्तामोडमा भएको निर्वाचन मा नेपाल रेडक्रस सोसाइटी को अध्यक्षमा मनोज अग्रवाल सर्वसम्मत निमाजित भएका छन्।

आज बुधबार बिर्तामोडमा भएको नेपाल रेडक्रस सोसाइटी बिर्तामोड उपशाखाको सभापतिमा मनोज अग्रवाल निर्विरोध निर्वाचित भएका छन् ।
बुधबार भएको मनोनयन दर्तामा सभापतिसहित सबै ११ पदमा एकएकजनाको मात्र उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत चन्द्रप्रसाद चुडालले जानकारी दिए ।
त्यस्तै, उपशाखाको उपसभापतिमा शिला भट्टराई बराल सचिवमा नीरजकुमार ओली, कोषाध्यक्षमा याम कार्की, उपसचिवमा रंगशाला न्यौपाने र उपकोषाध्यक्षमा गोबेन धिमाल निर्वाचित भएका छन् ।
त्यस्तै, महिला सदस्यमा रेजिना गौतम, सदस्यहरुमा राजेन्द्र चौँलागाईं, मिजास पोखरेल, ऋषभ बस्नेत र मनोजकुमार शाह निर्विरोध निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *