बिर्तामोडको कृषि बजारमा अख्तियारको एक्सन_आर्थिक चलखेलको आशंका

राजकुमार ओली बिर्तामोड झापा

पूर्वकै अति व्यस्त मानिने कृषि बजार कृषिथोक बजार व्यवस्थापन समिति बिर्तामोडलाई अख्तियारले पत्र काटेपछि खैलाबैला मच्चिएको छ।
बिर्तामोड ५ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले बनाएको सार्वजनिक शौचालय र कोल्ड स्टोरको विषयमा छानबिन गर्नेगरी पत्र पठाएपछि स्थानीय तहमा खैलाबैला मच्चिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय इटरीले कृषि बजार व्यवस्थापन समितिलाई पत्र लेखी सम्पूर्ण हिसाबकिताब बिल भौचर ,भुक्तानीको गोस्वारा भौचर नापी किताब कार्य सम्पन्न प्रतिवेदन खर्च भएको गरेको देखिने बिलहरू खरिद विधि सम्झौतापत्र अन्तिम भुक्तानीको गोस्वारा भरपाईहरू लगायत सम्पूर्ण कागजपत्र हरू मागेपछि सञ्चालक हरूमा समेत समस्या उत्पन्न भएको पाइएको छ।

गत वर्षबाट कोशी प्रदेश सरकारले बजेट दिई निर्माण सुरु गरिएको कोड स्टोर र शौचालयमा आर्थिक चलखेल भएको र अपचलनको आशंका देखिएको भन्दै अख्तियारमा उजुरी परेको र सोही बमोजिम अख्तियारले बिर्तामोड स्थित कृषि थोक बजार व्यवस्थापन समितिलाई पत्र लेखेर वास्तविकता पठाउन अनुरोध गरेको हो।
समितिका अध्यक्ष निरज ओलीसँग बुझ्दा आफू आउनुभन्दा अघिबाटै उक्त कोलस्टोर र शौचालय निर्माण सुरु भएको र आफूले पाएको बिलहरू पठाउने र आफूलाई हात नलाएका डकुमेन्टहरु पूर्व अध्यक्ष कमल पौडेलले अख्तियारमा बुझाउनु पर्ने देखिएकोले आफूले सोही बमोजिम गर्ने बताउनुभएको छ।
गत पुस २१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लिखित रुपमै पत्र पठाएपछि स्थानीय व्यवसायीहरुमा समेत तनाव उत्पन्न भएको देखिएको हो।
पत्रमा भनिएको छ-बिर्तामोड नगरपालिका अन्तर्गत कृषिचोक बजार व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष कमल पौडेल समेतको मिलेमतोमा बजार एरियाभित्र शौचालय निर्माण गर्दा बजेट पास भएको सन्दर्भमा आर्थिक चलखेल भएको र प्रदेश सरकारबाट कोल्ड स्टोर निर्माणमा पात्र बजेट अनुसारको कार्य नगरेको उक्त योजना बनाउने क्रमसँगै बजारभित्रको पसलहरू आफूलाई लाभ हुने व्यक्तिहरुलाई वितरण गरी भ्रष्टाचार गरेको देखिन आएको भन्ने उजुरीका आधारमा समितिले उक्त समस्याको सम्पूर्ण कुराको प्रमाणसहित पेश हुन गर्न गराउन अनुरोध गरिएको छ। भनिएको छ।
तत्कालीन अध्यक्ष कमल पौडेलले आफूले आएको बजेटलाई सही काम गरेको तर आफूलाई आक्षेप लाग्दा मन खिन्न भएको बताउनुभएको छ।
लामो समयबाट बजारभित्रै व्यवसाय गर्दै आएको र सोही बमोजिम आफू अध्यक्ष बनेको अध्यक्ष बन्दाखेरि बजारका समस्याहरु लाई नजिकबाट नियाल्दै धेरै कामहरु गरेको तर कोही कसैले नियत बस आफूलाई बदनाम गराउन प्रयास गरेको मा मन खिन्न भएको जानकारी दिनुभएको हो।
अख्तियारले पत्र काटेपछि पूर्वकै उत्कृष्ट र ठूलो मानिएको बजार कृषि थोक मा बसेका व्यवसायीहरू लाई चिन्ता देखिएको र जोखिम बढेको पाइएको हो। अख्तियारको पत्रको
विषयमा बिर्तामोड नगरपालिकाले समेत गम्भीर चासो लिएको र छानबिन गर्न गराउन सहयोग गर्ने उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले जानकारी दिनुभएको छ।
बिर्तामोडमा रहेको यो बजार कोशी प्रदेशकै उत्कृष्ट बजार हो भने यही बजारबाट नेपालको पोखरा धनगढी काठमाडौँ भैरहवा चितवनसम्म कृषिका उत्पादन तथा खाद्यवस्तुहरूको निर्यात हुने गरेको छ।
केही महिनाअघि समेत कृषक बजारमा किसानका उत्पादित कोलाहरूमा विषादी भेटिएको र विषादी प्रयोगशाला बाट उक्त कोलाहरूलाई निकै कडाईको साथ ल्याब परीक्षण गरेपछि कृषि बजारको चर्चा नेपालभर फैलिएको थियो।
गत पुष २१ गते आएको पत्रबाट बजारभित्र व्यवसाय गर्ने थुप्रै व्यवसायीहरूको काम गर्ने मनोबल गिरेको र त्रास उत्पन्न भएको देखिएको छ।
बजारको पूर्व लाइनमा निर्माण गरिएको कोल्डस्टोर र शौचालय निर्माणमा आर्थिक चलखेल भएको र बजारभित्र पसल व्यवसाय गर्ने काममा समेत आर्थिक हिनामिना गरी चलखेल गरिएको आक्षेप लागेपछि तत्कालीन अध्यक्ष कमल पौडेल र समिति माथि प्रश्न चिन्ह देखिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array