दमकमा ओली, खतिवडा र न्यौपाने सम्मानित

नेपाल पत्रकार महासङ्घ कोशी प्रदेशका कार्यसमिति सदस्य राजकुमार ओली सहित कृष्ण खतिवडा र चन्द्र न्यौपानेलाई गृह नगरमा सम्मान गरिएको छ।
नेकपा एमाले दमक र दमक १० वडा कमिटीले राजकुमार ओली सहित कृष्ण खतिवडा र चन्द्र न्यौपानेलाई सम्मान गरेको हो।
संचार माध्यमको क्षेत्रबाट लामो समयदेखि क्रियाशील भई नेपाल पत्रकार महासंघ कोशी प्रदेश को कार्य समिति सदस्यमा अत्याधिक मतका साथ विजय भएको र आफ्नो गृह नगरमा जन्मिएका ओलीलाई सञ्चार क्षेत्रमा गरेको योगदान र पत्रकारितामा लामो समयदेखि गरिएको कार्यकुशलता को मूल्याङ्कन गर्दै सम्मान गरिएको आयोजकले बताएको छ।
सोही अवसरमा दमक १० बाट प्रतिनिधित्व गर्दै रिटर्नी फेडरेसन मा बसी सेवा गर्दै आफ्नो वडामा रहेका इराक र खाडी मुलुकमा रहेका नेपाली दाजुभाईहरूको समस्यामा लागि परेर उद्धार गरी नेपाल ल्याउनसम्म सहयोग गर्ने न्यौपाने र खतिवडालाई वडा कमिटी दमकले सम्मान गरेको हो।

गत वर्ष इराकमा दमक १० का केही युवाहरू अलपत्र परेको र जोखिम मोलेर पनि दमकवासीहरुलाई उद्धार गर्न सहयोग गरेका न्यौपाने र खतिवडालाई सम्मान गरेको दमक नगर कमिटीका सदस्य एवं युवा व्यवसायी बालकृष्ण खनालले पूर्व खबरलाई बताए।
आफूले सञ्चार माध्यममा गरेको उच्च योगदान र वैदेशिक रोजगारमा गएका युवाहरूको समस्यामा मलमपट्टी गर्ने र आफ्नो वडाको पहिचानमा सिङ्गो नगरपालिकाभरि उत्कृष्ट योगदान पुर्याउने ओली न्यौपाने र खतिवडालाई सम्मानित गरिएको वडा अध्यक्ष ओम दुलालले जानकारी दिनुभएको हो।
नेकपा एमाले दमक नगर कमिटी र वडा कमिटी ले दमकको विभिन्न पछि परेका समुदायहरूको जीवनस्तर उकास्न र सर्वहारा वर्गको पक्षमा काम गर्दै आएका उत्कृष्ट लाई सम्मान गर्दै आएको र सोही अनुसारले ओली खतिवडा र न्यौपानेलाई सम्मान गरिएको वडा कमिटीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array