राष्ट्र निर्माता शाहलाई यसरी सम्झियो कन्काई नगरपालिकाले

नेपाल राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती कन्काइ नगरपालिकाले विविध कार्यक्रम गरेर मनाएको छ । नगरले निर्माण गरेको पृथ्वीनारायणको शालिकमा आज शनिवार राष्ट्रिय झण्डात्तोलन गर्दै शालिकमा फूल, माला, गुच्छा अर्पण गर्दै पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, उप–प्रमुख आशा शर्मा शिवाकोटीले शालिकमा फूलमाला तथा गुच्छा अर्पण गर्दै पृथ्वीनारायण शाहले राष्ट्र निर्माणका क्रममा खेलेको भुमिकाको चर्चा गर्दै शाहको योगदानले नेपाल देश रहन सकेको चर्चा गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नग प्रमुख पोखरेलले भने ‘तँ त कम्युनिष्ट पार्टीको मान्छे हो, तैले राजतन्त्रको प्रतिकका रुपमा रहेको पृथ्वीनारायणको शालिक किन राखेको, त राजतन्त्रवादी हो कि क्या हो रु धेरै प्रश्न आउने गर्छ ।’ तर, नेतृत्व गरेर राष्ट्रको एकीकरण गर्ने, सवै भन्दा महत्वपूर्ण भुमिका खेल्ने, यदि नेपाली हुँ, नेपाली भनेर गर्व गर्न सक्ने भुमिका खलेका कारण नै पृथ्वीनारायणलाई सम्मान गरेको नगर प्रमुख पोखरेलले स्पष्ट पार्नुभएको हो ।

नगर प्रमुख पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत नगर उप–प्रमुख शिवाकोटीले गरेकी थिइन् भने कार्यक्रमको सञ्चालन नगरका कर्मचारी लक्ष्मीप्रसाद अधिकारीले गर्नूभएको थियो

कार्यक्रममा कनकाई १ का वडाध्यक्ष सुशिलकुमार पोखरेल, वडा नं। ३ का वडाध्यक्ष युवराज चम्लागाई, ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, नगर कार्यपालिका सदस्य, वडा सदस्य तथा जनप्रतिनिधि, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, सामाजिक संघरसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायतका सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array