सहारा नेपाल साकोसको २८औं साधारण सभा सम्पन्न

झापाको बिर्तामोड नगरपालिका-२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि.को २८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

आज संस्थाको कार्यालयको सभाहल अन्तिम माइन्युट प्रमाणिकरण भेला भएसँगै संस्थाको साधारण सभा सम्पन्न भएको हो । ६ जिल्लाबाट छनोट भएका ३१ जना प्रतिनिधिले संस्थाको अन्तिम माइन्युट प्रमाणिकरण गरेका छन् ।

संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीले पानसमा दीप प्रज्ज्वलन तथा संस्थाका संरक्षक नरनाथ गिरीले खुत्रुकेमा पैसा खसालेर साधारण सभाको उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाका संरक्षक नरनाथ गिरीले सुझावसहित शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा सल्लाहकार केशव ओझा, देउमान थेवेले संस्थाको थप प्रगति कामना गर्नुभयो ।

संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी इकाइगत साधारण सभाबाट आएका सुझावका बारेमा जानकारी दिनुभयो । संस्थाले उपलब्ध गराउने सेवा र त्यसमा थपघट हुनु पर्ने सदस्यको सुझावका सञ्चालक समितिले निर्णय गर्ने बताउनुभयो ।

कार्यक्रममा इकागत साधारण सभामा प्रस्तुत भएका १७ वटा प्रस्ताव र निर्णयहरु संस्थाका उपनिर्देशक दिनेश बहादुर निरौलाले सुनाउनु भएको थियो । संस्थाले ५ करोड रुपैयाँसम्म ऋण लगानी गर्ने निर्णय सुनाउँनु हुँदै उहाँले प्रदेश सहकारी विधेयकमा अधिकत सीमा २५ लाख तोकिएकाले प्रदेश रजिष्टार कार्यालयको स्वीकृतिका आधारमा पुनः ऋण लगानी सिमा निर्धारण गरिने बताउनुभयो ।

संस्थाको आर्थिक वर्ष २०८०/०८१ असार मसान्त सम्मको वित्तीय विवरण अनुसार कुल पुँजी तथा दायित्व १६ अर्ब ८३ करोड ३३ लाख ३६ हजार ४१०, शेयर पुँजी १ अरब ६७ करोड ८६ लाख १२ हजार ७००, निक्षेप १२ अर्ब ७५ करोड ३७ लाख ६३ हजार २०८ रहेको छ ।

संस्थाका अध्यक्ष हरिबहादुर राजबंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद निरौला गर्नु भएको थियो भने सञ्चालन संस्थाका कोषाध्यक्ष डम्बर देउजाले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array