अर्जुनधारा जेसीजको १३औं साधारणसभाबाट अर्जुनधारा जेसीज वर्ष २०२५ का लागि नयाँ नेतृत्व सर्वसम्मत चयन भएका छन् ।
शनिबार अबेर राति भएको सहमतिअनुसार अध्यक्षमा वेदनारायण गोदार सर्वसम्मत चयन भए । यसैगरी, कार्यकारिणी उपाध्यक्षद्वयमा टंक दाहाल र सागर घिमिरे र कानुनी सल्लाहकारमा भीम बराल चयन भएका छन् । यसैगरी, महासचिवमा विमला भट्टराई, कोषाध्यक्षमा गौरव भण्डारी र चार जना उपाध्यक्षमा अर्जुन बस्नेत, रन्जिता दुलाल, अमित कट्वाल र रमेश बिष्ट चयन भए । अर्जुनधारा जेसीजको शनिबार १३औँ साधारणसभा र १२औँ शाखा अधिवेशन वर्ष २०२४ का अध्यक्ष बसन्त बुढाथोकीको अध्यक्षता र अर्जुनधारा ७ नम्बर वडाका अध्यक्ष गोविन्द खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
