सुरुङ्गा झापा
सुरुङ्गा जेसिसको अध्यक्षमा दिपेन्द्र प्रधान निर्वाचित भएका छन्।
आज आइतबार भएको निर्वाचनबाट अध्यक्ष पदमा दीपेन्द्र प्रधान सहित सिङ्गो टिम निर्वाचित भएको हो।
जिसीको कार्यकारी उपाध्यक्षमा डिल्ली रिजाल , बिमन साङ्देन उपाध्यक्षमा सोहन उप्रेती सुस्मिता बाँस्तोला दाहाल जेनिस चम्लागाईं सरिता निर्वाचित हुनुभएको पूर्व अध्यक्ष एवं जेसिसका संस्थापक जेसि कुमारमणि पोखरेलले पूर्व खबरलाई जानकारी दिनुभयो।
यी पदहरूमा न सम्पन्न अधिबेशनबाट बर्ष २०२५ का लागि निर्बिरोध निर्वाचित हुनुभएको हो।
त्यस्तै जनसम्पर्क अधिकारी मा सरिता गिरी तालिम निर्देशकमा टिकाराम भण्डारी सुदीप समेत निर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको छ।
