झापा गोल्डकपको आगामी नेतृत्व चयनका लागि प्रक्रिया शुरु भएको छ । सोमबार सम्पूर्ण पदका निम्ति खुला गरिएको निर्वाचनमा दुई पदमा भने एकल उम्मेद्वारी परेको छ।
वरिष्ठ उपाध्यक्ष पदमा सचिव पदमा रहेका गजेन्द्र पौडेलले उम्मेदवारी दिएका छन् उपाध्यक्ष पदमा युवराज कार्की पर्वतले उम्मेदवारी दर्ता गराएका हुन्।
एकल उम्मेदवार परेका पौडेल र कार्की सर्वसम्मत रुपमा निर्वाचित भएका छन्।
तल बिर्तामोडमा भएको लामो रसाकसी र अध्यक्ष पद सहितका सम्पूर्ण पदमा उम्मेद्वारी परे पनि कुनै पनि पदमा महिलाको उम्मेदवारी नभएको पाइएको छ। भएको उम्मेदवार मनोनयनमा महिला उम्मेदवारको संख्या भने शुन्य रहेकोहो ।
१४ जनाको कार्यसमितिका लागि २६ जनाले मनोनयन दर्ता गराएपनि कुनै पदमा महिला उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।
५७८ जना साधारण सदस्य रहेको झापा गोल्डकपमा थुप्रै महिला सदस्य भएपनि नेतृत्व चयन प्रक्रियामा उनीहरुले अनिच्छा देखाएका हुन् । नेपालको संविधान २०७२ ले राज्यका हरेक निकाय तथा संघसंस्थामा महिला सहभागिता सुनिश्चित गरेको भएपनि झापा गोल्डकपमा भने त्यो व्यवस्था गरिएको छैन । नेपालको संविधान २०७२ जारी भएको २ बर्षपछि झापा गोल्डकप जिल्ला प्रशासन कार्यालयमा दर्ता भएपनि महिलाको सहभागिता उल्लेख गरिएको छैन ।
झापा गोल्डकपको विधानमा कार्यसमितिमा महिला अनिवार्य नभएको अध्यक्ष विनोद बस्नेतले जानकारी दिए । ‘विधानमा महिला अनिवार्य भन्ने व्यवस्था छैन, सुधार गर्दै लैजानु पर्ने छ,’।
निर्वाचन तालिका अनुसार आगामी माघ २ गतेका लागि निर्वाचन मिति तोकिएको छ । वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष निर्विरोध निर्वाचित भइसकेका छन् भने बाँकि पदका लागि निर्वाचन हुनेछ ।
र गोल्डकपका सदस्य बुद्ध तामाङले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनी सँगै िबर्तामोड उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष प्रकाश शिवाकोटीले सचिव पदमा उम्मेद्वारी दर्ता गराएका छन्।
त्यस्तै, सहसचिवमा वर्तमान कार्यसमिति सदस्य यादव पोखरेल र विष्णु सिग्देल तथा कोषाध्यक्षमा वर्तमान कार्यसमिति सदस्य चन्द्रमणि कट्टेल र बिर्तामोड उद्योग वाणिज्य संघका कोषाध्यक्ष युवराज निरौलाले उम्मेदवारी दिएका छन् ।
झापा गोल्डकपको अधिवेशनको उद्घाटनसत्र सम्पन्न भएपछि निर्वाचन प्रक्रिया सुरु गरिएको हो ।