विर्तामोड झापा
माघे संग्रान्तिको अवसरमा कृर्षिथोक बजार व्यावस्थापन समितीले खिचडी प्रसाद ग्रहण कार्यक्रम आयोजना गरेकोछ।

आज मगंलवार विर्तामोड ५मा रहेको कृर्षिथोक बजार व्यावस्थापन समितीले कृर्षि बजारमा नै किसान व्यावसायी तथा उपभोक्ताहरुलाइ लक्षित गरि खिचडी प्रसाद ग्रहण कार्यक्रम आयोजना गरेको अध्यक्ष निरज अ‍ोलीले बताउनुभयो ।

कृर्षिथोक बजार भित्र नै उपभोक्ताहरु,किसान तथा व्यापारीहरुलाइ लक्षित गरि कार्यक्रम आयोजना गरेको बजारका सदस्य खगेन्द्र महतोले पुर्वखवरलाइ जानकारी दिए ।

कृर्षिथोक बजार कोशी प्रदेश कै उत्कृष्ठ रहेको छ भने बजार भित्र ६सय धेरै व्यावसायीहरुको स्थायी पसलहरु सन्चालन भइरहेकाछन भने प्रत्येक वुधवार ११सय धेरै व्यापारीहरुले साप्ताहिक हटियामा व्यापार गर्दै आएको विर्तामोड ५ का वडाअध्यक्ष एवम सन्चालक रोहित प्रसाईले जानकारी दिनुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *