काठमाडौंको काँडाघारीबाट चार क्विन्टल बढी रक्तचन्दन बरामद भएको छ ।
आज बिहान उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बोरामा प्याक गरेर राखिएको अवस्थामा ४ सय ६२ किलो रक्तचन्दन फेला पारेको हो ।
रक्तचन्दनसहित दुई जना पक्राउ पनि परेका छन् । थप अनुसन्धान भइरहेको छ ।