राजकुमार ओली।
बिर्तामोड झापा
कोशी प्रदेशकी माननीय कमला मगरको सहकारी सम्बन्धी दुर्व्यवहारले आफूहरू कानुनी उपचारमा जान बाध्य भएको स्वरोजगार भवानी सहकारीका अध्यक्ष केशव बस्नेतले बताएका छन्।
आज बुधबार झापाको बिर्तामोड स्थित प्रेस चौतारीको कार्यालयमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष केशव बस्नेतले आफूहरूको पुस २९ गतेको अन्तिम माइनोट प्रमाणीकरण सभालाई बिथोल्नको निम्ति कोशी प्रदेशकी सभासद कमला मगरले गरेको दुर्व्यवहारले आफूहरूको मानहानि भएको र सहकारीको ऋण नतिर्ने जो कोहीको विरुद्ध पनि कानुनी उपचार मा रहर नभएर बाध्यता भएको अध्यक्ष बस्नेतले बताउनुभएको हो।
गत पुष २९ गते झापाको बिर्तामोडमा स्वरोजगार भवानी सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक साधारण सभा कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रम सुरु भइरहेको अवस्थामा संस्थाका उपाध्यक्ष एवं कोशी प्रदेशकी सभासद कमला थापा मगर ले आफूहरूले सहकारी रजिस्टर कार्यालय मार्फत साधारण सभा नगर्न जानकारी गराएको तर बल प्रयोग गरेर संस्थाले साधारण सभा गरेकोले आफैलाई मान्य नभएको भन्दै माइक खोस्न जानुभएको थियो।
तर सहकारी संस्था बिथोल्न गएकी कमला मगरलाई कर्मचारी र प्रहरीले कार्यक्रम स्थलबाट बाहिर निकालिएका थिए भने कार्यक्रम स्थलमै सेयर सदस्यहरूले ऋण खानेलाई कारबाही गर्नुपर्ने र कमला मगरको हर्कत अशोभनीय भएकोले कानुनी उपचारमा जानुपर्ने भन्दै चर्को नाराबाजी गरेका थिए।
कमला मगर का छोरा अशेष थापा मगरले सहकारीबाट सनिश्चरे सेवा केन्द्रको शाखा प्रमुख भएको अवस्थामा ८० लाख भन्दा धेरै रुपैयाँ अपचलन गरेको र विभिन्न ऋणीहरूलाई कागज बनाई सहकारि डुबाउने षड्यन्त्र गरेको भन्दै उपाध्यक्ष मनोज भट्टराईले आफूहरू कानुनी बाटोमा जान बाध्य भएको र गाउँँगाउँका ५१ हजार सेयर सदस्यहरुले जम्मा गरेको रुपैयाँ लाई नतिर्ने नियत गर्ने जो कोहीलाई पनि कारबाही गर्नुपर्ने माग गर्नुभएको छ।
उता कमला मगरले भने आफूहरूलाई झुक्याएर नक्कली कागज बनाई ऋणी देखाएको र आफूहरुलाई अपमान हुनेगरी सभा हलबाट गत्याएर निकालिएकोमा आपत्ति रहेको र बल प्रयोग गरी साधारण सभा गरेको हुनाले उक्त सभा बिथोल्न खोजेको जानकारी दिनुभएको छ।
संस्थाका अध्यक्ष केशव बस्नेतले कमला मगरले सहकारीको उपाध्यक्ष भएको समयमा आफ्ना आफन्तलाई ऋण दिने बहानामा कम मूल्याङ्कनको जग्गालाई अधिक मूल्याङ्कन गरी ऋण प्रवाह गरी सहकारी डुबाउने खेल खेलेको भन्दै उक्त घटना अनुसार सहकारी ऐन बमोजिम कारबाही गर्नुपर्ने आरोप लगाउनुभएको छ।
झापा जिल्लाको बिर्तामोडमा केन्द्र कार्यालय स्थापना गरी दुई दर्जन शाखाहरू स्थापना गरी १ अरबभन्दा माथिको कारोबार गर्दै आएको र संस्थाले तीनवटा सुपत मूल्यका पसल समेत सुरु गरेको अवस्थामा केही व्यक्तिहरू का कारणले आफूहरूको संस्थामा समस्या उत्पन्न गर्न खोजिएको उपाध्यक्ष मनोज भट्टराईले पूर्व खबरलाई जानकारी दिनुभयो
Discussion about this post