झापाको धुलाबारी बजार मा दोस्रो मेची महोत्सव २०८१ आजबाट सुरु हुने भएको छ।
नेपालका उपसभामुख इन्दिरा राना मगरको बाहुलीबाट एक भव्य कार्यक्रमका बीच शुभारम्भ गर्न लागिएको दोस्रो मेची महोत्सव लाईमेची चेम्बर अफ कमर्स मेचीनगरले आयोजना गर्न लागेको हो।
आयोजकले महोत्सवको सम्पूर्ण तयारी पूरा भएको बताएको छ भने महोत्सवको उद्घाटन नेपाल सरकारका उपसभामुख इन्दिरा राना मगरले गर्ने तयारी गरिएको हो।
महोत्सव उद्घाटन अघि धुलाबारीमा लागूऔषध विरुद्धको सचेतना र्याली आयोजना गरिँदैछ । विभिन्न संघसंस्थाको सहभागितामा र्याली निकालिने आयोजक मेची चेम्बर अफ कमर्सका महासचिव प्रकाश खड्काले जानकारी दिए । उनका अनुसार २० वटा स्टलहरु बुकिङ भइसकेका छन् । केही स्टलहरु निःशुल्क गरिएको छ । स्थानीय क्षेत्रको कृषि तथा उद्योगबाट उत्पादित वस्तुको प्रवद्र्धन, पहिचानसहित बजारीकरण र लागूऔषध नियन्त्रणको मुख्य योजना बनाएर नौ दिने महोत्सव आयोजना गरिएको हो ।
अन्य मेला–महोत्सवभन्दा छुट्टै विशेषतासहित सञ्चालन गरिएको दोस्रो महोत्सवमा कृषि र उद्योगबाट उत्पादित स्थानीय वस्तुको प्रवद्र्धन तथा बजारीकरणसहित समाजमा ब्याप्त बनेको लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि जनचेतनामूलक छलफल र सुझाव लिने जनाइएको छ । स्थानीय क्षेत्रमा उत्पादन सामाग्रीलाई कसरी बजारीकरण गर्ने भन्ने बिषयमा सन्देश दिन अर्गानिक ढंगले महोत्सव लगाइएको छ । महोत्सव अवधिभर हरेक साँझ स्थानीय तथा चर्चित राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहनेछ । महोत्सव माघ १२ गतेसम्म सञ्चालन हुनेछ ।
Discussion about this post