बिर्तामोड झापा
पूर्व मुख्यमन्त्री उद्धव थापा माथि सुरुङ्गामा आक्रमण भएको छ।
नेपाल प्रेस युनियन झापाको साधारणसभा तथा सम्मान कार्यक्रम कार्यक्रमका प्रमुख अतिथि भएका पूर्व मुख्यमन्त्री थापा। दोमुखाबाट बिर्तामोड आउने क्रममा सुरुङ्गा पेट्रोल पम्प नजिकमा रहेको डाइभर्सनमा आक्रमणमा पर्नुभएको हो।
डाइभर्सनमा थापा चढेको गाडीले ओभरटेक गरेको भन्दै केही युवाहरूले मुख्यमन्त्री थापालाई हातपात गर्दै आक्रमण गरेका थिए।
थापाको आँखामा र अनुहारमा चोट लागेको छ।
घाइते अवस्थामा थापालाई बिर्तामोडको अस्पतालमा भर्ना गरिएको छ।
प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको बार्षिक साधारण सभाबाट फर्किदै गर्दा कन्काई नगरपालिकाको जुकेखाडीनजिक उनीमाथि कुटपिट भएको हो ।
बा १ झ ६५३ नं को गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार एक समूहले कुटपिट गरेको बताइएको छ । कुटपिटबाट थापा घाइते भएका हुन।
उनको आँखा सुन्निएको बताइएको छ ।उनलाई उपचारका लागि बिर्तासिटी अस्पतालमा भर्ना गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता कृष्ण चन्दले पूर्व खबरलाई बताए
विद्युत प्राधिकरणका कर्मचारी सवार गाडीलाई थापा चढेको गाडीले ओभरटेक गर्ने क्रममा विवाद भएको बताइएको छ । कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । अहिले इलाका प्रहरी कार्यालय बिर्तामोडमा सुरक्षा निकायका प्रमुख र दुवै पक्षबीच छलफल भइरहेको छ।