राजकुमार ओली बिर्तामोड झापा।
झापाको बिर्तामोडबाट सञ्चालनमा आएको सुप्रिम पेन्ट्सले पेन्टरहरूसंग पेन्ट्स मिट आयोजना गरेको छ।
कोशी प्रदेशमै उत्कृष्ट व्यवसाय गर्दै आएको सुप्रिम पेन्ट्सले सञ्चालक हरू र कर्मचारीहरू बीचमा व्यावसायिकता सहजीकरणको निम्ति भन्दै कार्यक्रम आयोजना गरेको हो।
झापाको बिर्तामोड २ शान्तीटोलमा रहेको सुप्रिम पेन्ट्सले आफ्ना उत्पादनबारे जानकारीसहित पेन्टरका सल्लाह तथा गुनासो सुन्न कार्यक्रम आयोजना गरेको सुप्रिम पेन्ट्सका मुख्य संचालन अधिकारी सञ्जोग मैनालीले जानकारी दिनुभयो।
बाइट
सुप्रिम पेन्ट्सले सुप्रिम पेन्ट्स क्लब स्थापना गरेर पेन्टरहरूलाई बीमाको सुबिधा. स्वरोजगार तालिम प्रदान गरिने तयारी गरेको र सोही विषयमा सञ्चालकसहित कर्मचारीहरूका समस्यालाई समेत सुन्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको पेन्ट्सका सञ्चालक प्रमुख सरोज कुमार मैनालीले बताउनुभयो।
भोलिका दिनमा कसरी कोशी प्रदेशपछि बागमती प्रदेश र मधेससम्मका क्षेत्रमा आफ्ना उत्पादनलाई बजारीकरण गर्दै सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको र कर्मचारीहरूको जोखिम न्यूनीकरण गर्न समेत आफूहरूले यो कार्यक्रमको आयोजना गरेको सञ्चालक प्रमुख मैनालीले बताउनुभएको हो।
कार्यक्रममा पोइन्टको आधारमा १७ जना पेन्टरहरूलाइ उपहार समेत प्रदान गरिएको थियो। सुप्रिम पेन्ट्सको नया उत्पादन सुप्रिसाइन लक्जरी इमल्सनको लञ्च गरिएको थियो।
सुप्रिम पेन्ट्सका सिइओ सरोजकुमार मैनालीले सुप्रिम पेन्ट्सले ग्राहकहरूको मन जितेको बताउंदै यसको उपयोगिता बारे उठेका प्रश्नहरूको जवाफ दिनुभएको थियो।
उनले सबैको साथले गर्दा नेपाली उत्पादन मध्ये सुप्रिम पेन्ट्सले उत्कृष्टता हांसिल गरेको बताउनुभएको हो। सुप्रिम पेन्ट्सका चिफ मार्केटीङ अफिसर सुमन खरेलले सहजीकरण गरेको कार्यक्रममा सहभागितालाई बनभोज समेत खुवाईएको कम्पनिका सञ्चालक समिति सदस्य एलिस तिवारीले जानकारी दिनुभयो
कार्यक्रममा सञ्चालकहरू सरोज कुमार मैनाली संजोग मैनाली एलिसा मैनाली कमल बराल हरि खरेल युवराज संग्रौला एलिस तिवारी अर्जुन पौडेल मदन हुमागाईं विपिन मैनाली निराजन खनाल सन्तोष बिमली जयप्रसाद पाठक विवस निरौला भवानीप्रसाद ओझा लालबहादुर थापा सचिन देवकोटा अशोक खड्का मनोज संगौला खगेन्द्र शिवाकोटी पारसमणि चापागाईं। सन्तोष गौतम दीपक हुमागाईं लगायतलाई वनभोज कार्यक्रममा सम्मान समेत गरिएको थियो।
कार्यक्रममा पेन्ट्सका डिलर ठेकदार कम्पनीका प्रतिनिधिहरू सहजकर्ताहरू लगायतसँग भावी रणनीतिका विषयमा सहजीकरण कार्यक्रम समेत आयोजना गरिएको थियो।