धनधान्याचल महायज्ञमा भक्तजन तथा दाता हरुको लर्को

0
SHARES
1
VIEWS

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका झापाको कनकाई नगरपालिका –६ चम्फापुरस्थित श्री गायत्री मन्दिर एवम् चम्फापुर माध्यमिक विद्यालयमा राधिका फाउन्डेशनको आयोजनामा सप्ताह श्रीमद् भागवत धनधान्याचल महायज्ञमा भक्तजन तथा दाता हरुको लर्को नै लागेको छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदानका लागि झापाको बाह्दशी–७ मा दाता पन्डित भिमप्रसाद तिम्सिना र अम्बिकाप्रसाद तिम्सिनाको परिवारले निःशुल्क प्रदान गरेको १२ कठ्ठा जग्गामा भवन निर्माण गर्ने उध्येश्यले महायज्ञको आयोजना गरिएको हो ।

महायज्ञ पाठ–पारयण, एवं भजन कृतन तथा झाँकी सहितको महायज्ञ २८ गते बुधबारसम्म गर्न चल्ने छ। कनकाई नगरपालिकाको कार्यालयबाट लगभग ३ किलोमिटर दक्षिण वडा न –६ को चम्फापुरमा रहेको श्री गायत्री मन्दिरस्थित चम्फापुर माबिको प्राङगणमा महायज्ञ जारी छ । सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माण साथै संस्थालाई दीगो रुपमा सञ्चालन गर्दै पूर्वीय वैदिक सभ्यता र संस्कृतिको अध्ययन–अनुसन्धान गर्ने स्थलको रुपमा विकसित गर्ने लक्ष्य पुरा गर्न, विश्वशान्तिको कामना, राजनैतिक स्थायित्व र महामारी प्रशमनार्थका लागि महायज्ञको आयोजना गरिएको राधिका फाउन्डेसनकि अध्यक्ष एवम् महायज्ञकि प्रखर बक्ता श्री राधिका दासिले बताउनु भयो।

महायज्ञमा सघिय , तथा प्रदेश सभासद देखि कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोख्रेल , उप- प्रमुख आशा शर्मा शिवाकोटी , सबै वडाका वडा अध्यक्षहरु अन्य जनप्रतिनिधि , विभिन्न सघ सस्थाका प्रमुख तथा प्रतिनिधि , विभिन्न भजन- कृतन समुहका प्रमुख तथा प्रतिनिधि , जामुनाबारी सामुदायिक बन परिवार , सुरुङ्गा जेसिज परिवार, कनकाई उध्योग वाणिज सघ परिवार, कनकाई सामुदायिक बन परिवार , पशुपति अग्रेजी स्कुल परिवार , समाज सेबि लीला प्रसाद चिमरिया, समाजसेवी एवम् शिक्षा सेवि एल पि उप्रेती , समासेवी ख्याम प्रसाद ओलि , चम्पा सुवेदी ,मनोज बस्नेत लगायत सयौं समाज सेवि दाताहरुले यो पवित्र उद्येश्य बोकेर जारी महायज्ञमा सहयोग जम्मा भईरहेको महायज्ञ ब्यवस्थापन समितिका कोषाध्यक्ष एवं आर्थिक समितिका संयोजक पंकज नेपालले जानकारी दिनुभयो ।

सप्ताह संगीतमय महापुराणका ब्याख्याता प्राचीन र अर्वाचीन दर्शन शास्त्रका ब्याख्याता, संगीतमय कथा प्रवचन भईरहेकोे महायज्ञ व्यवस्थापन समितिका महासचिव एवम् सोही वडाका नि( वर्तमान वडा अध्यक्ष लक्ष्मीप्रसाद ओलिले जानकारी दिनुभयो ।

महायज्ञमा अहिले कनकाई बासी , झापा बासी साथै छिमेकी जिल्ला एवम् छिमेकी मुलुक भारत, भुटानका साथ साथै अन्य विदेशी मुलुकमा रहने नेपालीहरुले पनि सहयोग गरिरहनु भएको महायज्ञ ब्यएवस्थापन समितिका संयोजक मुक्ति प्रसाद तिम्सिनाले जानकारी दिनुभयो ।

महायज्ञमा विभिन्न माध्यमबाट नगद तथा जिन्सी , तुला दान, एवम् प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग जुटिरहेको बताईएको छ।

सडक बाल–बालिका संरक्षण तथा गुरुकुल शिक्षा प्रदान साथै असहाय, सहाराबिहिन, बिपन्न वर्गहरुको सहाराका लागि दाता तिम्सिना परिवारबाट प्राप्त जग्गामा भवन निर्माणगरि शिक्षा प्रदान गर्ने उध्येश्यले जारी महायज्ञमा दैनिक हजारौं भक्तजनहरुको सहभागिता का साथै सहयोग भइरहेको महायज्ञ अतिथि व्यवस्थापन समितिका संयोजक जविन तिम्सिनाले जानकारी जानकारी दिनुभयो ।

महायज्ञ कि प्रमुख कथा वाचिका राधिका फाउन्डेशनकि अध्यक्ष राधिका दासीले महायज्ञ सम्पन्न गर्न झापाबासी सबै तथा देश एवम् विदेशमा रहने सबै आमा बुवा दाजु भाई दिदिबहिनीहरुमा अझै फाउन्डेसनलाई सहयोग गरि गुरुकुल निर्माणका लागि सहयोग गर्न आग्रह गर्नुभएको छgodhulibata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ताजा समाचार