झापाको मेचीनगर लेडि जेसिस सामाजिक काममा उत्कृष्ट बन्दै गएको देखिएको छ।
पछिल्लो समय महिलाहरूका समस्या र सामाजिक गतिविधिहरूमा उत्कृष्ट बन्दै गएको मेचीनगर लेडि जेसिस पछिल्लो समय झापाकै सामाजिक काममा उत्कृष्ट बन्दै गएको पाइएको हो।
सोही क्रममा मेचीनगर लेडी जेसीजले ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको छ ।
मेची नगर लेडिज जेसिस ले पहिलो कार्यक्रम अन्तरगत ‘प्री इन्डक्सन तथा लोम अफिसर’ तालिम सम्पन्न गरेको हो ।
उक्त तालिमको उद्घाटन मेचीनगर–१० का वडाध्यक्ष एवम् मेचीनगर लेडी जेसीजको मातृ शाखा धुलाबारी जेसीजका पूर्व अध्यक्ष नारायण खनालले गरेका थिए ।
तालिममा सहभागीहरुलाई मेचीनगर–७ की वडा सचिव, धुलाबारी जेसीजकी पूर्व अध्यक्ष एवम् नेपाल जेसीज सन २००४ की रास्ट्रिय उपाध्यक्ष लक्ष्मी राईले प्रशिक्षण दिएकी थिइन् ।
कार्यक्रममा लेडी जेसीजका पूर्व अध्यक्ष, मानार्थ सदस्य, वोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको तालिम संयोजक शुष्मा राजबंशीले जानकारी दिइन् ।
मेचीनगर लेडी जेसीज वर्ष २०२५ की अध्यक्ष सविता पोखरेलले पहिलो कार्यक्रम अन्तरगत जेसीज भनेको के हो, जेसीजका पदाधिकारी तथा कार्यसमितिको काम, कर्तव्य र अधिकारका विषयमा तालिम आयोजना गरिएको बताइन् ।
मेचीनगर लेडी जेसीज अध्यक्ष सविता पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव शर्मिला तिम्सिनाले गरेकी थिइन् ।