पत्रकार महासंघ ओखलढुंगाको वेबसाइट उद्घाटन

ओखलढुंगा । नेपाल पत्रकार महासंघ, ओखलढुंगाको वेवसाइट सार्वजनिक गरेको छ । एफएनजेओखलढुंगाडटओआरजी वेवसाइट महासंघ, कोशी प्रदेश समितिका अध्यक्ष भरत खड्काले एक कार्यक्रमकावीच सार्वजनिक गर्नुभयो ।
महासंघलाई प्रविधिमैत्री बनाउँदै विभिन्न गतिविधिहरुलाई प्रस्तुत गर्ने हेतुले वेवसाइट निर्माण गरिएको शाखाका अध्यक्ष पूर्णप्रसाद न्यौपानेले जानकारी दिनुभयो । वेवसाइटमा संस्थापनदेखि हालसम्मका कार्यसमिति, पूर्वअध्यक्ष, साधारण सदस्यहरुको विवरण राखिएको छ । त्यस्तै, महत्वपूर्ण सूचना, वेवसाइटबाटै साधारण सदस्यता आवेदन दिने व्यवस्था समेत गरिएको अध्यक्ष न्यौपानेको भनाई छ ।
वेवसाइटमा महासंघका नियमित गतिविधिहरु अध्यावधिक गरी सर्बसुलभ सूचना पुर्याउने, सरकारी तथा सार्वजनिक महत्वका विषयहरु समेटिएर सूचना उपलब्ध गराउने, महासंघका विधान, नीति, विनियमावली, विभिन्न उपयोगी लिंकहरु राखेका छन्
त्यस्तै, जिल्लामा रहेका रेडियो, पत्रपत्रिका, अनलाइन समाचार पोर्टलहरु राखेर सबै समाचार जानकारीहरु एकै ठाउँबाट प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको सचिव मिनाकुमारी श्रेष्ठ (शेर्पा)ले जानकारी दिनुभयो । वेवसाइटलाई समयसापेक्ष पारिस्कृत र प्रविधि मैत्री बनाउँदै लगिने सचिव श्रेष्ठको भनाई छ ।
वेवसाइट सार्वजनिक गर्नुहुँदै प्रदेश अध्यक्ष खड्काले समयसापेक्ष रुपमा सूचनाहरु आदनप्रदान र दस्तावेजिकरणका लागि शाखाले थालनी गरेको कार्य प्रशंसानीय रहेको अन्य शाखाहरुले पनि यसरी नै काम गर्नुपर्ने बताउनुभयो । नवनिर्वाचित कार्यसमितिले छोटो समयमा नै वेवसाइट निर्माण गरी सार्वजनिक गर्नु उदाहरणीय कार्य भएको उल्लेख गर्नुहुँदै अध्यक्ष खड्काले यसबाट शाखाको सकृयतासँगै नेतृत्वको सिर्जनशिल क्षमता पुष्टि भएको बताउनुभयो ।
सोही अवसरमा अध्यक्ष खड्काले महासंघको हरेक गतिविधिहरु वेवसाइटमार्फत जानकारी गराउनु सकारात्मक कदम रहेको र प्रदेशका सबै शाखाहरुले प्रविधि मैत्री अभ्यास गर्दै जानुपर्नेमा जोड दिनुभयो । प्रविधिको उच्चतम् उपयोग गर्दै पत्रकारिता पेशालाई समेत व्यवस्थित, मर्यादित र प्रविधिमैत्री बनाउादै अघि बढ्नुको विकल्प नरहेको अध्यक्ष खड्काको भनाई छ ।
घरेलु तथा साना उद्योग कार्यालयको आयोजना र महासंघ, ओखलढुंगाको सहजिकरणमा भएको ७ दिने आधारभूत पत्रकारिता तालिम समापनको अवसरमा वेवसाइट सार्वजनिक गरेका थियो onlinebata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array