पिकअप भेन र स्कुटी ठोकिँदा घाइते भएका अधिकारीको मृत्यु

पिकअप भेन र स्कुटर एक आपसमा ठोक्किँदा गम्भीर घाइते भएका स्कुटर चालकको उपचारका क्रममा मृत्यु भएको छ।

बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको प्र. १-०२-००२ च ६४५४ नम्बरको पिकअप र विपरीत दिशाबाट आइरहेको प्र. १-०१-०१२ प ३३७१ नम्बरको स्कुटर दुधे माइधार सडक खण्डको सडकमा एक आपसमा ठोक्किँदा स्कुटर चालक १९ वर्षीय सुजल अधिकारी गम्भीर घाइते भएका थिए।

घाइतेलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएकोमा चिकित्सकले ३:३० बजे मृत घोषणा गरेका हुन्।दुर्घटनापछि फरार रहेका पिकअप चालक तेह्रथुम म्याङ्लुङ नगरपालिका-४ निवासी ३६ वर्षीय अर्जुन शङ्करलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले नियन्त्रणमा लिएको छ।

प्रारम्भिक अनुसन्धान अनुसार, दुर्घटनाको कारण पिकअपको तीव्र गति रहेको बताइएको छ। घटनास्थलमा दुवै सवारीसाधन जाँच गर्दा कागजपत्र नखुलेको र मादक पदार्थ सेवन पनि नगरेको पुष्टि भएको प्रहरी स्रोतले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array