अढाई करोड रूपैयाँ लगानी गर्दै भव्य रुपमा निर्माण गरिएको गायत्री मन्दिरको पाँच दिवसीय अनुष्ठान को शुभारम्भ गर्न सभामुख देवराज घिमिरे बिर्तामोड आइपुग्नुभएको छ।
झापाको बिर्तामोडमा निर्माण गरिएको गायत्री माताको मन्दिरमा प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले पाँच दिवसीय अनुष्ठानको उद्घाटन गर्न बुधबार सभामुख घिमिरे बिर्तामोड आइपुग्नुभएको हो।
पाँच दिवसीय अनुष्ठानको सम्पूर्ण तयारी पुरा भएपछि घिमिरे झापाको बिर्तामोड आइपुग्नुभएको हो।
माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराजबाट विशेष प्रवचनको आयोजना गरिएको कार्यक्रम संयोजक रोनक वंशलले जानकारी दिए । उनका अनुसार माघ १७ गतेदेखि २१ गतेसम्म पाँच दिन सञ्चालन हुने अनुष्ठानमा दैनिक भजन कीर्तन तथा महाप्रसाद बितरण गरिने कार्यक्रम तय भएको छ । दैनिक भजन कीर्तनका लागि नेपाल तथा भारतका चर्चित भजन गायक तथा कलाकारहरुको उत्कृष्ट प्रस्तुति रहने छ । भजन कीर्तनका लागि कृष्ण भण्डारी, आयुष शर्मा, साहिल कोहली, धीरज सिंह राजपुत र नेहा सिंह राजपुत सहभागी हुने वंशलले जानकारी दिए ।
सुन्दर सजिसजावटसहित निर्माण गरिएको गायत्री मन्दिरमा अढाई करोड लगानी भएको छ । बिर्तामोड – ५ स्थित अग्रसेन भवन परिसरमा दाता परिवारहरु, स्थानीय सरकार बिर्तामोड नगरपालिका र कोशी प्रदेश सरकारको संयुक्त लगानीमा गायत्री माताको मन्दिर निर्माण गरिएको छ ।
बिर्तामोड नगरपालिकामा नै पहिलो पटक गायत्री माताको पाँच दिवसीय अनुष्ठानका साथ प्राण प्रतिष्ठा गर्न लागिएको वंशलको भनाई छ । मन्दिर उद्घाटनसँगै गायत्री माताको आगामी माघ २१ गते विधि पूर्बक प्राण प्रतिष्ठा गरिने गायत्री मन्दिर सेवा समितिका कार्यक्रम संयोजक वंशलको भनाई छ । माताको प्राण प्रतिष्ठा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्ने कार्यक्रम तय भएको छ । प्राण प्रतिष्ठा गर्नुअघि मन्दिर परिसरबाट निकालिएको शोभा यात्राले बिर्तामोड नगर परिक्रमा गर्ने कार्यक्रम राखिएको छ ।