बिर्तामोड अस्पताललाई वर्क फर नेपालको ६८लाखको सहयोग

राजकुमार ओली
बिर्तामोड झापा।

बिर्तामोड नगर अस्पताललाई ६८ लाखको स्वास्थ्य सामग्री नेपालका सभामुख देवराज घिमिरेको हातबाट हस्तान्तरण गरिएको छ।
आज बुधबार बिर्तामोड ३ मा रहेको बिर्तामोड नगर अस्पताल मा हेल्पिङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपाल एवं वर्क फर नेपाल को संयुक्त आयोजनामा उक्त सामग्री अस्पताललाई सहयोग गरिएको हो।
नेपालका सभामुख देवराज घिमिरेको बाहुलीबाट हेल्पङ ह्यान्ड फर रिलिफ एन्ड डेभलपमेन्ट नेपालका व्यवस्थापक जीवप्रसाद पोखरेल को पहलमा बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई लाई एक भव्य समारोहको बीच अस्पताल परिसरमै हस्ताचरण गरिएको हो।
सोही कार्यक्रममा १३८ किसिमका ६८ लाख बराबरका सामान बिचामोट नगर अस्पताललाई सहयोग गरिएको र आफूहरूले यस्ता कार्यक्रम नेपालका थुप्रै जिल्लाहरूमा ७४ सालदेखि गर्दै आएको र यो वर्ष पनि ६ करोड रुपैयाँको अमेरिकी सहयोगको सामानहरु सहयोग गर्न पाइएको व्यवस्थापक जीवप्रसाद पोख्रेलले बताउनुभयो

सभामुख घिमिरेले विगतमा लामो समयदेखि अमेरिका लगायतका देशहरूबाट आएका सहयोग हरुले नेपालको स्वास्थ्य क्षेत्र मा ठूलो फड्को मारेको र बिर्तामोडको हकमा भने पनि लामो समयदेखि स्वास्थ्य क्षेत्रमा देखिएका समस्या लाई न्यूनीकरण गर्नको निम्ति वर्क फर नेपाल तथा हेल्पङ ह्यान्ड फरको ठूलो सहयोग रहेको बताउनुभएको छ।
विगतमा समेत साँघुरो घेरामा रहेको बिर्तामोड अस्पताललाई पूर्वकै हप बनाउन आफूलाई परेको र विगतमा समस्याहरु आए पनि त्यसलाई चिर्दै अघि बढिएको समेत स्मरण गराउनुभएको छ।

बिर्तामोड नगरपालिकाकी नगरप्रमुख पवित्रा महतरा प्रसाईले आफूहरूलाई विभिन्न दाताहरूको सहयोगबाट नगरलाई स्वास्थ्य हब बनाउन भूमिका खेल्नेहरूप्रति धन्यवाद ज्ञापन गर्दै भोलिका दिनमा अस्पताललाई नमुना अस्पताल बनाउन आफूलाई परेको बताउनुभयो ।

कार्यक्रममा कोशी प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री एकराज कार्की कोशिका सांसद चिन्तन पाठक राष्ट्रिय सभाका पूर्व सदस्य हरिचरण शिवाकोटी उपप्रमुख नगेन्द्र संग्रौला लगायतले बिर्तामोड स्वास्थ्यको हब बन्दै गएको आउने दिनमा कोशी प्रदेशकै उत्कृष्ट स्थान बनाउन सबैको भूमिका महत्वपूर्ण हुनेमा शुभकामना दिनुभएको थियो। पछिल्लो समय दाताहरूको सहयोगमा बिर्तामोड नगर अस्पताल मा उच्च किसिमका सेवाहरु थपिँदै गएको र बिरामीको सेवाका लागि धेरै किसिमका सेवाहरू थप गरिएको पाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array