जलेको घरमै दशैं मनाउँदै माओवादी नेता गगन पुरीको परिवार

राजकुमार ओली,दमक, असोज १६ (पूर्व खबर) – भदौ २४ गते जेन्जी आन्दोलनताका भएको आगजनीले माओवादी नेता गगन पुरीको दमक–८ बालुवाटारस्थित घर खरानीजस्तो बनेको छ। तीनतले पक्की संरचना भएको घरको पर्खाल अझै कालो धुवाँले ढाकिएको छ, कोठाभित्रका भित्तामा आगोले छोएका दाग अझै देखिन्छन्। फुटेका सिसा, भत्किएका पर्खाल र खरानीका टकटक आवाजहरूले त्यो दिनको विभत्सता झल्काइरहेकै […]
४० को म २० की ऊ’ शुक्रबारबाट प्रदर्शनमा,

राजकुमार ओली: बिर्तामोड, भदौ १९(पूर्व खबर) – नेपाली संगीत र चलचित्र क्षेत्रलाई एकसाथ समेट्दै झापाको बिर्तामोडबाट निर्माण गरिएको प्रेम र रोमान्समा आधारित म्युजिक भिडियो ‘४० को म २० की ऊ’ आज शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ । गिरी ग्राण्ड फिल्म्सको ब्यानरमा निर्माण गरिएको म्युजिक भिडियो निर्माता युवराज गिरीले निर्देशनमा ल्याएका हुन् । चलचित्र ‘वानर […]
भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन

झापा, २८ असारः प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहबीच भागीरथा न्यौपाने बुद्धशान्ति अस्पतालको उद्घाटन गर्नुभएको छ । बुद्धशान्ति गाउँपालिका–३ मा दाताले दिएको १५ कठ्ठा जग्गामा रु छ करोड ५० लाखको लागतमा १० शय्या रहेको अस्पताल निर्माण भएको हो । नेपालकै पहिलो महिला प्रधानपञ्च भागीरथा न्यौपानेको स्मृतिमा उहाँका छोराछोरीले प्रदान गरेको उक्त जग्गामा अस्पताल निर्माण […]
“भद्रपुर साइकल समाज” गठन : आन्तरिक पर्यटन, स्वच्छता र साइकल संस्कृतिको प्रवर्द्धन मुख्य लक्ष्य

भद्रपुर, जेष्ठ १ — भद्रपुर नगरपालिकाको ऐतिहासिक र धार्मिक स्थल कोसंयुक्तमा आज (बिहीबार) भद्रपुर साइकल समाज (Bhadrapur Cycle Society) गठन गरिएको छ। साइकल संस्कृतिको प्रवर्द्धन, भद्रपुरका धार्मिक र पर्यटकीय क्षेत्रको प्रचार–प्रसार, स्वच्छ वातावरण र स्वस्थ जीवनशैली प्रवर्द्धनका लागि यो संस्था सर्वसम्मत रूपमा गठन गरिएको हो। भेला जेष्ठ सदस्य जीवनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भयो, जसमा […]
नेपाल जेसिसका १६ शाखाद्वारा आयोजित रक्तदान कार्यक्रममा पत्रकार नेत्रविक्रम बिमली सम्मानित

झापा, वैशाख २५ – नेपाल जेसिसका झापा, मोरङ र इलाम जिल्लाका १६ शाखाले संयुक्त रूपमा आयोजना गरेको बृहत खुल्ला रक्तदान कार्यक्रममा सञ्चारकर्मी नेत्रविक्रम बिमली सम्मानित भएका छन्। झापाको प्रसिद्ध धार्मिक स्थल पाउ पाथिभरा मन्दिर परिसरमा सम्पन्न कार्यक्रममा बिमलीलाई परोपकारी कार्यमार्फत समाजमा सकारात्मक सन्देश फैलाएको र जीवनरक्षाको अभियानमा प्रेरणाका स्रोत बनेको भन्दै कदरपत्र प्रदान गरी सम्मान […]
सहकारी संघको सचिव पदमा युवराज गिरीको स्वतन्त्र उम्मेदवारी, सुशासन र पारदर्शितालाई प्राथमिकता

बिर्तामोड, वैशाख १२ — झापा जिल्ला सहकारी संघको सचिव पदका लागि स्वतन्त्र उम्मेदवारका रूपमा युवराज गिरीले भोलि (वैशाख १३) हुने निर्वाचनमा उम्मेदवारी दिएका छन्। सहकारीमा सुशासन, पारदर्शिता र अपनत्व स्थापना गर्ने मुख्य उद्देश्यसहित उनले स्वतन्त्र उम्मेदवारी दिएको घोषणा गरेका हुन्। गिरीले झापाभर छरिएर रहेका प्रारम्भिक सहकारी संस्थामा देखिएका विविध समस्या समाधान गर्दै संघलाई सुदृढ छाता […]
सामीको कार्यक्रमलाई प्रभावकारी बनाउन झापाका पालिकाहरू उत्साहित

राजकुमार ओली बिर्तामोड – झापामा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रमबाट प्रवाह भइरहेका सेवाहरूका विषयमा झापाका सबै स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागितामा बृहत छलफल गरिएको छ। सामी कार्यक्रमको मुख्य साझेदार भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न छलफलमा कार्यक्रमका सहजकर्ताहरूले झापाबाट वैदेशिक रोजगारीमा जानेहरू, जान चाहनेहरूको मनोविज्ञान, र फर्किएका कामदारहरूको वर्तमान अवस्थाका […]
बिर्तामोडमा पाठेघरको मुखको क्यान्सरको स्किनिङका लागि निःशुल्क स्वास्थ्य शिविर

बिर्तामोडमा पाठेघरको मुखको क्यान्सर स्क्रिनिङका लागि निःशुल्क स्वास्थ्य शिविर बिर्तामोड, ८ फागुन – बिर्तामोड नगरपालिकाले पाठेघरको मुखको क्यान्सर (VIA) स्क्रिनिङका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। ३० देखि ६० वर्ष उमेर समूहका महिलालाई लक्षित गरी शिविर फागुन ११ देखि १५ गते सम्म सञ्चालन गरिनेछ। शिविरमा स्तन क्यान्सर, अब्सट्रेटिक फिस्टुला र आङ खस्ने […]
बुद्ध एयरमा समस्या देखिएपछि आकाशबाटै फर्कियो काठमाडौँ

त्रिभुवन विमानस्थलबाट भद्रपुर उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आधा उडानमा नै काठमाडौं फिर्ता गरिएको छ । बुद्ध एयरकाे सञ्चालक समितिका अनुसार उडान नं ९५३ को कलसाइन नाइन एन-एजेएस विमानको दायाँ इन्जिनमा प्राविधिक समस्या देखिएपछि आधा उडानमै फिर्ता गरिएको हाे । पाइलटले तत्काल विमानलाई काठमाडौं डाइभर्ट गरेका थिए । विमान आधा समय उडान गरिसकेको अवस्थामा […]
लुम्बिनीमा नातीसँग देखिए प्रधानमन्त्री ओली

काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली बालबालिका भनेपछि हुरूक्कै हुन्छन् । बालबालिका पनि ओलीसँग एकदमै छिट्टो घुलमिल हुने गरेका छन् । प्रधानमन्त्री ओली बालबालिका भेट्ने वित्तिकै सुम्सुम्याउने, माया गर्ने, काखमा राख्ने गरिहाल्छन् । आज लुम्बिनी पुगेका प्रधानमन्त्री ओलीसँग एक जना बालकसँगै देखिए । उनी उपप्रधानमन्त्री एवं एमाले उपाध्यक्ष […]
