विराट बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन, सिटौला अध्यक्ष र सचिवमा पाठक निर्वाचि

  विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोडको सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा होम प्रसाद सिटौला निर्वाचित भएका छन्। साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा केशवराज पाठक, सचिवमा अर्जुन कुमार पाठक तथा कोषाध्यक्षमा भिम कुमारि शिवाकोटीलाई जिम्मेवारी दिएको छ। त्यस्तै सञ्चालक सदस्यहरूमा नरेश कुमार […]

दृष्टि आँखा अस्पतालसँग एनआईसी एशिया बैंकको सम्झौता: सेवामा २० प्रतिशतसम्म छुट, ग्राहक उत्साहित

  राजकुमार ओली, १६ मङ्सिर काठमाडौं, एनआईसी एशिया बैंकका ग्राहकका लागि काठमाडौंस्थित दृष्टि आई केयर सिष्टममा उपचार सेवा उपयोग गर्दा २० प्रतिशतसम्म छुट उपलब्ध हुने भएको छ। विशेष छुट उपलब्ध गराउने उद्देश्यले बैंक र दृष्टि आई केयरबीच एक औपचारिक सम्झौता सम्पन्न भएको हो। सम्झौतापछि बैंकका ग्राहकले आँखा, नाक, कान, घाँटी तथा अन्य सम्बन्धित स्वास्थ्य सेवामा […]

झापामा इँटा उद्योगीको ठगी काण्ड: बजारमा दोब्बर मूल्य, भ्याट भने आधामात्रै

  झापा – जिल्लाका इँटा उद्योगहरूले उपभोक्तामाथि दोहोरो भार पार्दै मूल्य दोब्बर उठाइरहे पनि राज्यलाई बुझाउनुपर्ने कर (भ्याट) भने न्यून दररेटमा देखाएर व्यापक कर छली गरिरहेको तथ्य बाहिर आएको छ। बजारमा प्रतिगोटा १९ रुपैयाँमा इँटा बेचिँदा भ्याट बिलमा १०.६१ देखि १२ रुपैयाँ मात्र देखाइएको आन्तरिक राजस्व कार्यालय झापाले पुष्टि गरेको छ। — मूल्य दोब्बर, भ्याट […]

बिर्तामोड प्रहरीलाई सहयोगी हातको सहयोग बढ्दै

  बिर्तामोड, कात्तिक २९ । इलाका प्रहरी कार्यालय अनारमनी र जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडको पुनर्निर्माण तथा सेवा प्रवाह सुदृढीकरणका लागि स्थानीय संस्था र व्यवसायीबाट उल्लेखनीय सहयोग थपिँदै गएको छ। समुदाय–प्रहरी साझेदारीलाई बलियो बनाउन लक्षित गर्दै गरिएको सहयोग कार्यक्रमअन्तर्गत  ट्राफिक र प्रहरी निकायलाई कम्प्युटर, इनभर्टर र ब्याट्री हस्तान्तरण गरिएको हो। हिमालयन एभरेस्ट इन्सुरेन्स बिर्तामोड शाखाले […]

गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानद्वारा ५० हजार राशिको पुरस्कार प्रदान गरिने

झापा । झापाका वरिष्ठ पत्रकार, साहित्यकार तथा समाजसेवी गोपीकृष्ण खनालको सम्झनामा स्थापना गरिएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले यस वर्ष समाजसेवा क्षेत्रबाट एकजना उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ। २०७५ साल साउन ३ गते भएको सडक दुर्घटनामा खनालको असामयिक निधन भएको थियो। उहाँको स्मृतिमा परिवारजनले स्थापना गरेको यो प्रतिष्ठानले प्रत्येक दुई वर्षमा समाजमा उल्लेखनीय योगदान पुर्‍याउने […]

प्रेस चौतारी झापाको आग्रह : पत्रकारको सुरक्षा र स्वतन्त्रतामा राज्य गम्भीर होस्

झापा, २ कार्तिक — प्रेस चौतारी नेपाल झापा जिल्ला कमिटीले पत्रकारको सुरक्षा, स्वतन्त्रता र निष्पक्ष पत्रकारिताको वातावरण सुनिश्चित गर्न स्थानीय प्रशासन र सम्बन्धित निकायसँग जोडदार माग गरेको छ। अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा तथा संगठनका केन्द्रीय सदस्य एवं झापा जिल्ला इन्चार्ज माधव विद्रोहीको प्रमुख आतिथ्यमा आइतबार सम्पन्न बैठकले पछिल्ला घटनाक्रमले सञ्चारकर्मीहरू असुरक्षित बन्दै गएको भन्दै गम्भीर […]

मेचीनगरको ग्रीन भिलेज रेस्टुरेन्टले १ सयमा खाना खुवाउने

मेचीनगर, ३१असोज झापाको मेचीनगर–८ जोरसिमलमा अवस्थित ग्रीन भिलेज रेष्टुरेन्ट ले बढ्दो महङ्गीलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई लक्षित विशेष योजनासहित सस्तो दरमा भोजन सेवा सुरु गरेको छ। रेष्टुरेन्टले शुभ दीपावली, छैठजस्ता आगामी चाडपर्वहरूको अवसरमा रू. १०० मा शुद्ध, स्वस्थ र सादा खाना  उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो। उक्त सेवा  असोज २ गतेदेखि हरेक दिन बिहान […]

लोको फरेस्टको बेम्बो विषयक नेसनल वर्कशप-झापामा बेम्बो इको इनोभेसन बन्दै

बिर्तामोड, असोज (रासस) स्वीडिस फरेस्ट एजेन्सी (Swedish Forest Agency) र साझेदार संस्थाहरूको संयुक्त आयोजनामा ‘काठ तथा बाँसको निर्माण सामग्रीको उपयोग’ विषयक राष्ट्रिय कार्यशाला आज आइतबार झापाको बिर्तामोडमा सम्पन्न भएको छ। ‘Locally Controlled Forest Restoration Program (LoCoFoRest)’ अन्तर्गत आयोजित सो कार्यशालाको उद्देश्य नेपालमा दिगो वन व्यवस्थापन, बाँस तथा काठको निर्माण सामग्री प्रयोगका अवसर, चुनौती र सम्भावनाबारे […]

‘म्याग्नेशियम र सोडियम’ जस्ता तत्वको रूपमा प्रयोग गरिने खतरा-थापा

, राजकुमार ओली,३१ असोज,काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (एमाले) युवा नेता गोविन्द थापाले पार्टीभित्रै केही व्यक्तिहरु ‘म्याग्नेशियम र सोडियम’ जस्ता तत्वको रूपमा प्रयोग गरिने खतरा औँल्याएका छन्। थापाले नेकपा एमालेको वैठकलाई सम्बोधन गर्दै भदौ २३–२४ को घटनालाई उद्धृत गर्दै षडयन्त्रकारीले देश जलाउन म्याग्नेशियम र सोडियम जस्ता घातक रसायन प्रयोग गरेको अन्तर्राष्ट्रिय रिपोर्ट आएको संकेत गरे। […]

अध्यक्ष बस्नेतको चेतावनी– ‘सरकारले प्रतिशोध साँध्ने हो भने विद्रोह हुन्छ’

  विराटनगर, २१ असोज नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले एमालेका शीर्ष नेतामाथि प्रतिशोधको राजनीति गर्न खोजे कठोर प्रतिकार हुने चेतावनी दिनुभएको छ। अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत् स्ट्याटस लेख्दै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको म्यान्डेट पाएको भए पनि अब त्यसबाट बिचलित भई ‘प्रतिशोध साँध्ने […]