प्रहरी अधिकारी उप्रेतीको मेची महाकाली साइकल यात्रा सुरु

मेचीनगर, २५ कात्तिक (purwa khabar) सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकबीचको सम्बन्ध तथा सीमा सुशासनका विभिन्न पक्षको अध्ययनका उद्देश्यसहित सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सोमबारदेखि ‘मेची–महाकाली साईकल यात्रा’ सुरु गरेका छन्। झापाको मेची नाकाबाट प्रारम्भ भएको यो यात्रा करिब ४० दिनपछि कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न हुनेछ। सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट […]

असंबैधानिक सरकारबाट लोकतान्त्रिक प्रक्रिया सम्भव छैन — नेता दाहाल

दमक, २४ कात्तिक — नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार असंबैधानिक भएको दाबी गर्दै यसबाट लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अघि बढ्ने अपेक्षा गर्न नसकिने बताएका छन्। प्रेस चौतारी नेपाल झापाले सोमबार दमकमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै दाहालले सरकारले चुनाव गराउने तयारीमा कमजोरी देखाएको आरोप लगाए। उहाँले भन्नुभयो, “सुरक्षा निकायबाट खोसिएका हतियार […]

संसद् पुनर्स्थापनाको पक्षमा धुलाबारीमा मोटरसाइकल र्‍यालीको तयारी

मेचीनगर, २४ कात्तिक — नेकपा (एमाले) मेचीनगर नगर कमिटीले संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकारको खारेजीको मागसहित बुधबार मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी गरेको छ। पार्टीका नगर अध्यक्ष राजु कार्कीका अनुसार र्‍याली धुलाबारीदेखि चारआलीसम्म सञ्चालन हुनेछ र कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अपेक्षा गरिएको छ। आज धुलाबारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष […]

लिज प्रकरणमा थामसेर्कुको स्पष्टीकरण : ६ अर्बको प्रचार असत्य, २१ करोड भुक्तानी भइसकेको दाबी

  राजकुमार ओली,काठमाडौं, २४ कात्तिक – दरबारमार्गस्थित नेपाल ट्रष्टको ३० आना जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङ प्रालिले सार्वजनिक रूपमा विस्तृत स्पष्टीकरण दिंदै ६ अर्ब रुपैयाँको लिज रकमको प्रचारलाई भ्रामक र असत्य बताएको छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट कानूनी ढंगले ३० वर्षका लागि लिजमा लिएको जग्गा अनावश्यक रूपमा विवादित बनाइएको भन्दै भ्रम फैलाउने […]

अस्पताल बन्द गर्न मेचीनगर नगरपालिकाको निर्देशन

  चारआली, २३ कात्तिक मेचीनगर नगरपालिकाले कानुनी मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको भन्दै मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताललाई सबै सेवा तत्काल बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले कात्तिक २० गते अस्पताल प्रालिलाई पत्र पठाउँदै अस्पतालले प्रदान गर्दै आएको सम्पूर्ण सेवा रोक्न अनुरोध गरेको हो। नगरपालिकाले यसअघि असोज ३० गते नै अस्पताललाई नियमानुसार सञ्चालन […]

मेचीनगरमा गाई–भैसीलाई खोरेत रोगविरुद्ध खोप अभियान सुरु

  मेचीनगर, कात्तिक २३(पूर्व खबर) मेचीनगर नगरपालिकामा आजदेखि गाई–भैसीलाई खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोगविरुद्धको यो खोप अभियान मेचीनगरबाट प्रारम्भ गरिएको हो। नगरपालिकाको पशु सेवा शाखामा आयोजित कार्यक्रममा कोशी प्रदेश पशुपंक्षी तथा माछा विकास निर्देशनालयकी पशु चिकित्सक अधिकृत पवित्रा दाहालले नगरका १५ वटै वडामा […]

महिलालाई आत्मनिर्भर बनाउँदै बिर्तामोडको आत्मनिर्भर सहकारी

राजकुमार ओली।,बिर्तामोड, २३ कार्तिक, (पूर्व खबर) आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आर्थिक सशक्तीकरणमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रभावकारी काम गर्दै आएको छ। महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको सहकारीले वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवर्द्धन र पारिवारिक आय वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको संस्थाका पदाधिकारीहरूले बताएका छन्। संस्थाको १४औं वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष पवित्रा महतारा […]

सहकारीका सञ्चालकहरूमाथि कडा कानूनी कारबाहीको तयारी

सहकारी संस्थाका बचतकर्ताको अर्बौँ रकम ठगी गरी कानुनी छिद्रको फाइदा उठाउँदै उम्किने सञ्चालकहरूमाथि कडा कानूनी कारबाहीको तयारी थालिएको छ । सहकारी ठगीमा संलग्न सञ्चालक र उनीहरूका तीन पुस्तासम्मको सम्पत्ति छानबिन गरी बचत फिर्ता गराउने प्रावधानसहितको कानूनको मस्यौदा तयार पारिएको हो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तयार पारेको उक्त मस्यौदा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण […]

गोपीकृष्ण खनाल स्मृति प्रतिष्ठानद्वारा ५० हजार राशिको पुरस्कार प्रदान गरिने

झापा । झापाका वरिष्ठ पत्रकार, साहित्यकार तथा समाजसेवी गोपीकृष्ण खनालको सम्झनामा स्थापना गरिएको गोपीकृष्ण स्मृति प्रतिष्ठानले यस वर्ष समाजसेवा क्षेत्रबाट एकजना उत्कृष्ट समाजसेवीलाई सम्मानसहित पुरस्कृत गर्ने भएको छ। २०७५ साल साउन ३ गते भएको सडक दुर्घटनामा खनालको असामयिक निधन भएको थियो। उहाँको स्मृतिमा परिवारजनले स्थापना गरेको यो प्रतिष्ठानले प्रत्येक दुई वर्षमा समाजमा उल्लेखनीय योगदान पुर्‍याउने […]

दुर्वेशनी र अवैध कारोबारमा सिडियो कार्यालय कडा एक्सनमा उत्रिन्छ-गेलाल

झापा, कात्तिक १७ । झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शिव राम गेलालले पछिल्लो समय बढ्दो असुरक्षा र जेन्जी आन्दोलनपछि देखिएका घटनाक्रमलाई प्रशासनले गम्भीर रुपमा लिएको बताएका छन्। सोमबार जिल्ला प्रशासन कार्यालय झापामा सञ्चारकर्मीहरूसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रशासन पूर्ण सक्रिय रहेको बताए। सिडिओ गेलालले हाल जिल्लामा लागूपदार्थ दुव्र्यसन र अवैध […]