ट्राफिक कार्यालय बिर्तामोडमा दुर्गा मन्दिरको पुनस्थापना

बिर्तामोड, झापा बिर्तामोड चोकमा अवस्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको दुर्गा मन्दिरलाई ट्राफिक व्यवस्थापनसम्बन्धी चुनौतीका कारण स्थानान्तरण गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको नयाँ भवन परिसरमा पुनःस्थापना गरिएको छ। हाइवेको भौतिक संरचना विस्तार, बढ्दो सवारी सञ्चार तथा सडक सुरक्षासम्बन्धी आवश्यकता पूरा गर्न मन्दिरलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ। मन्दिर पुनःस्थापनाका लागि दाता जयनारायण ढुङ्गाना र […]

कन्काई हस्पिटल अत्याधुनिक उपकरणसहित नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याउने तयारी

बिर्तामोड, झापा, … न्यून आय भएका बिरामीका लागि सहज र विश्वासिलो स्वास्थ्यसेवा प्रदान गर्दै आएको बिर्तामोडको कन्काई हस्पिटल अत्याधुनिक उपकरणसहित नयाँ भवनबाट सेवा सञ्चालनमा ल्याउने तयारी भएको छ। बिर्तामोडको दोस्रो हस्पिटलका रूपमा स्थापित कन्काई हस्पिटलले आधुनिक पूर्वाधार र उन्नत सेवा प्रणालीसहित सिटी सेन्टरअगाडिको नयाँ भवनबाट उपचार सेवा प्रदान गर्न लागेको हो। हस्पिटलका अध्यक्ष युवराज डाँगीका […]

टंकप्रसाद रमादेवी पाठक पत्रकारिता पुरस्कारबाट भण्डारी घिमिरे र पूर्वेली पुरस्कृत

राजकुमार ओली,बिर्तामोड, २३मङ्सिर “सुशासनकै बाटोबाट मात्र लोकतन्त्र मजबुत बन्छ, र सञ्चार क्षेत्र उज्यालोतर्फ अघि बढ्छ,” प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले अन्तर्राष्ट्रिय भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा बिर्तामोडमा आयोजित ‘टंक प्रसाद–रमादेवी स्मृति’ पत्रकारिता पुरस्कार वितरण समारोहको उद्घाटन गर्दै भन्नुभयो। नेपाल पत्रकार महासङ्घ झापा शाखाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तथ्य, प्रमाण र निष्पक्षतामा आधारित […]

एमाले ११ औं महाधिवेशन : बन्दसत्रमा २ हजार ६१३ जनाको सहभागिता हुने

काठमाडौं । नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र प्रतिनिधि सूचीकै चर्चा बढेको छ। महाधिवेशनका लागि प्रतिनिधिहरुको अध्यावधिक कार्य अन्तिम चरणमा पुगेको केन्द्रीय कार्यालयले जनाएको छ। संगठन विभागका प्रमुख काशीनाथ अधिकारी, सचिव माधव ढुंगेलसहितको टोली निरन्तर रूपमा प्रतिनिधि विवरण पुष्टि गर्ने काममा व्यस्त छ। अधिकारीका अनुसार हालसम्म २ हजार १ सय ५४ जना […]

महिला हिंसा र मानव वेचविखन सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न

२२ मंसिर २०८२ झापाको कन्काई न पा वडा नं ५ मा कन्काई न पा भित्रका वडाका स्थानिय उद्यमि महिला एवं कृषक समुहलाई महिला हिंसा र मानव बेचबिखन सम्बन्धी अभिमुखीकरण सम्बन्धी तालिम सम्पन्न भएको छ। कन्काई न पा वडा नं ५ को जेष्ठ नागरिक भवनमा सम्पन्न अभिमूखीकरण कार्यक्रममा झापा जिल्ला अदालत बार एशोसिएसन कि सहसचिव एवं […]

विराट बहुउद्देश्यीय सहकारीको नयाँ कार्यसमिति चयन, सिटौला अध्यक्ष र सचिवमा पाठक निर्वाचि

  विराट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, बिर्तामोड–३, सैनिकमोडको सातौँ अधिवेशन तथा २०औँ वार्षिक साधारणसभाले आगामी चार वर्षका लागि नयाँ कार्यसमिति सर्वसम्मतरूपमा चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा होम प्रसाद सिटौला निर्वाचित भएका छन्। साधारणसभाले कार्यसमितिको उपाध्यक्षमा केशवराज पाठक, सचिवमा अर्जुन कुमार पाठक तथा कोषाध्यक्षमा भिम कुमारि शिवाकोटीलाई जिम्मेवारी दिएको छ। त्यस्तै सञ्चालक सदस्यहरूमा नरेश कुमार […]

पूर्वी नाकामा निगरानी कडा : रोहिंग्या प्रवेश आशंकामा थप सुरक्षाकर्मी परिचालन

  राजकुमार ओली बिर्तामोड, मंसिर २० बंगलादेशमा बढ्दो हिंसा र राजनीतिक अस्थिरतापछि भारतहुँदै रोहिंग्या मुसलमानहरू नेपाल प्रवेश गर्ने आशंकासँगै झापा–पूर्वी सीमा क्षेत्रमा सुरक्षा कडाइ गरिएको छ। सीमा क्षेत्रमा सतर्कता बढाउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ३८ रिजर्भ गण हेडक्वार्टर पाडाजुङ्गीबाट थप एक सेक्सन सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रशासन तथा सुरक्षा निकायहरूले पुष्टि गरेका छन्। झापाको […]

उद्योग व्यवसायीहरूमा चुनौती थपिँदै, सरकार लचिलो बन्नु आवश्यक : उद्योगीहरू

  बिर्तामोड, १९ मङ्सिर: (रासस) देशको समग्र आर्थिक सूचक कमजोर हुँदै गएसँगै उद्योग व्यवसायीहरू थप चुनौतीको चपेटामा परेका छन्। आन्तरिक बजारमा खुम्चिँदो उपभोग, निर्यात घट्दो क्रम, कडिँदो बैंकिङ दबाब र सरकारी प्रक्रियाको झन्झटिलोपनका कारण उद्योगी तथा व्यापारिक क्षेत्र निराश बन्दै गएको बिर्तामोड उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले बताएका छन्। सङ्घको ४४औँ वार्षिक उत्सव समारोहमा बोल्दै बिर्तामोड […]

पूर्व प्रधानमन्त्री ओली र देउवाबीच गम्भीर छलफल

काठमाडौं, मंसिर १९ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार देउवा निवास महाराजगञ्जमा भेटवार्ता भएको छ। अध्यक्ष ओली पत्नी राधिका शाक्यसहित महाराजगञ्ज पुगेर देउवासँग भेटघाट गर्नुभएको हो । भदौ २३–२४ मा भएको ‘जेनजी आन्दोलन’पछिको यो उहाँहरूबीचको पहिलो प्रत्यक्ष संवाद हो। देश नयाँ राजनीतिक चक्रमा प्रवेश गर्दै गर्दा माघ […]

झापामा धान्यपूर्णिमा धुमधाम : गौतम समाजले सम्पन्न गर्‍यो विविध रचनात्मक कार्यक्रम

  झापा / १९ मंसिर । भारत र नेपालका गौतमहरु भेला भएर झापाको कोटिहवनमा बिहीबार उद्यौली पर्व ( धान्य पूर्णिमा ) धुमधामका साथ मनाएका छन् । सो अवसरमा विभिन्न रचनात्मक कार्यक्रम गरिएको गौतम समाज झापा केन्द्रीय समितिले जनाएको छ । समाजले २०८२ मा कक्षा १२ को परीक्षामा झापाबाट सर्वोकृष्ट अंक ल्याउने गौतम सन्तानद्व्य पूजा गौतम […]