इनरुवामा नेपाल खेलकुद महासङ्घद्वारा भव्य मोटरसाइकल र्‍याली सम्पन्न

इनरुवा, २५ कात्तिक नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजनामा तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्‍याली सम्पन्न गरिएको छ। देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका राजनीतिक तथा जनजागरण कार्यक्रमहरूको क्रममा आयोजित उक्त र्‍यालीमा सयौँ युवा उत्साहका साथ सहभागी भएका थिए। राष्ट्रिय झण्डा, ब्यानर र देशभक्तिपूर्ण […]

क्यान महासंघ झापा : प्रविधि सशक्तिकरणतर्फ सशक्त कदम

राजकुमार ओली ,बिर्तामोड, २५ कात्तिक कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापा जिल्ला शाखाले प्रविधि सशक्तिकरण, डिजिटल सीप अभिवृद्धि र संस्थागत सबलीकरणका माध्यमबाट स्थानीय तहमा सूचना प्रविधिको उपयोग र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। निरन्तर सक्रियताका साथ अघि बढ्दै आएको क्यान झापाले आफ्नो ११औं वार्षिक साधारणसभा बिर्तामोडमा सम्पन्न गरेको छ। शाखा अध्यक्ष शुभ कुमाई […]

स्टुडेन्ट अफ द ईयर’को पहिलो अडिसन झापाको बिर्तामोडमा हुने

बिर्तामोड, २५ कात्तिक : नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट ‘स्टुडेन्ट अफ द ईयर’को पहिलो अडिसन झापाको बिर्तामोडमा हुने भएको छ। कार्यक्रमका क्रिएटिभ हेड इमरान अलीका अनुसार आगामी मंसीर ६ गते बिर्तामोडमा हुने अडिसनबाट देशभरका विद्यार्थीहरूको प्रतिभा खोज्ने अभियान सुरु हुनेछ। देशका विभिन्न १२ वटा शहरमा अडिसन कार्यक्रम तय गरिएको छ। अलीका अनुसार […]

एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाट ५८ लाख बढी आम्दानी रासस

झापा, २५ कात्तिक : एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम संकलन गरेको आयोजक समितिले जनाएको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिता अवधिभर कुल ५८ लाख तीन हजार रुपैयाँ टिकट बिक्री भएको छ। समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र […]

प्रहरी अधिकारी उप्रेतीको मेची महाकाली साइकल यात्रा सुरु

मेचीनगर, २५ कात्तिक (purwa khabar) सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकबीचको सम्बन्ध तथा सीमा सुशासनका विभिन्न पक्षको अध्ययनका उद्देश्यसहित सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सोमबारदेखि ‘मेची–महाकाली साईकल यात्रा’ सुरु गरेका छन्। झापाको मेची नाकाबाट प्रारम्भ भएको यो यात्रा करिब ४० दिनपछि कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न हुनेछ। सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट […]

असंबैधानिक सरकारबाट लोकतान्त्रिक प्रक्रिया सम्भव छैन — नेता दाहाल

दमक, २४ कात्तिक — नेकपा (एमाले) का पोलिटब्युरो सदस्य देवेन्द्र दाहालले अहिलेको सरकार असंबैधानिक भएको दाबी गर्दै यसबाट लोकतान्त्रिक र संवैधानिक प्रक्रिया अघि बढ्ने अपेक्षा गर्न नसकिने बताएका छन्। प्रेस चौतारी नेपाल झापाले सोमबार दमकमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै दाहालले सरकारले चुनाव गराउने तयारीमा कमजोरी देखाएको आरोप लगाए। उहाँले भन्नुभयो, “सुरक्षा निकायबाट खोसिएका हतियार […]

संसद् पुनर्स्थापनाको पक्षमा धुलाबारीमा मोटरसाइकल र्‍यालीको तयारी

मेचीनगर, २४ कात्तिक — नेकपा (एमाले) मेचीनगर नगर कमिटीले संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकारको खारेजीको मागसहित बुधबार मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी गरेको छ। पार्टीका नगर अध्यक्ष राजु कार्कीका अनुसार र्‍याली धुलाबारीदेखि चारआलीसम्म सञ्चालन हुनेछ र कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अपेक्षा गरिएको छ। आज धुलाबारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष […]

लिज प्रकरणमा थामसेर्कुको स्पष्टीकरण : ६ अर्बको प्रचार असत्य, २१ करोड भुक्तानी भइसकेको दाबी

  राजकुमार ओली,काठमाडौं, २४ कात्तिक – दरबारमार्गस्थित नेपाल ट्रष्टको ३० आना जग्गा लिज प्रकरणमा थामसेर्कु ट्रेकिङ प्रालिले सार्वजनिक रूपमा विस्तृत स्पष्टीकरण दिंदै ६ अर्ब रुपैयाँको लिज रकमको प्रचारलाई भ्रामक र असत्य बताएको छ। कम्पनीका अध्यक्ष ल्हाक्पा सोनाम शेर्पाले प्रतिस्पर्धात्मक प्रक्रियाबाट कानूनी ढंगले ३० वर्षका लागि लिजमा लिएको जग्गा अनावश्यक रूपमा विवादित बनाइएको भन्दै भ्रम फैलाउने […]

अस्पताल बन्द गर्न मेचीनगर नगरपालिकाको निर्देशन

  चारआली, २३ कात्तिक मेचीनगर नगरपालिकाले कानुनी मापदण्ड पूरा नगरी सेवा सञ्चालन गरेको भन्दै मेचीनगर–१३ चारआलीस्थित मनकामना अस्पताललाई सबै सेवा तत्काल बन्द गर्न निर्देशन दिएको छ। नगरपालिकाको स्वास्थ्य शाखाले कात्तिक २० गते अस्पताल प्रालिलाई पत्र पठाउँदै अस्पतालले प्रदान गर्दै आएको सम्पूर्ण सेवा रोक्न अनुरोध गरेको हो। नगरपालिकाले यसअघि असोज ३० गते नै अस्पताललाई नियमानुसार सञ्चालन […]

मेचीनगरमा गाई–भैसीलाई खोरेत रोगविरुद्ध खोप अभियान सुरु

  मेचीनगर, कात्तिक २३(पूर्व खबर) मेचीनगर नगरपालिकामा आजदेखि गाई–भैसीलाई खोरेत रोगविरुद्धको खोप अभियान सुरु गरिएको छ। राष्ट्रिय पशुपंक्षी खोप कार्यक्रमअन्तर्गत कोशी प्रदेशमा पहिलो चरणको खोरेत रोगविरुद्धको यो खोप अभियान मेचीनगरबाट प्रारम्भ गरिएको हो। नगरपालिकाको पशु सेवा शाखामा आयोजित कार्यक्रममा कोशी प्रदेश पशुपंक्षी तथा माछा विकास निर्देशनालयकी पशु चिकित्सक अधिकृत पवित्रा दाहालले नगरका १५ वटै वडामा […]