इनरुवामा नेपाल खेलकुद महासङ्घद्वारा भव्य मोटरसाइकल र्‍याली सम्पन्न

इनरुवा, २५ कात्तिक नेपाल खेलकुद महासङ्घ इनरुवा र युवा सङ्घ इनरुवाको संयुक्त आयोजनामा तथा नेकपा (एमाले) इनरुवा नगर कमिटीको सहकार्यमा आज सुनसरीको सदरमुकाम इनरुवामा भव्य मोटरसाइकल र्‍याली सम्पन्न गरिएको छ। देशभरि नेकपा (एमाले)ले सञ्चालन गरिरहेका राजनीतिक तथा जनजागरण कार्यक्रमहरूको क्रममा आयोजित उक्त र्‍यालीमा सयौँ युवा उत्साहका साथ सहभागी भएका थिए। राष्ट्रिय झण्डा, ब्यानर र देशभक्तिपूर्ण […]

एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाट ५८ लाख बढी आम्दानी रासस

झापा, २५ कात्तिक : एलभिडी झापा महिला गोल्डकप फुटबल प्रतियोगिताले टिकट बिक्रीबाट नेपालमा हालसम्मकै सर्वाधिक रकम संकलन गरेको आयोजक समितिले जनाएको छ। झापाको शिवसताक्षीस्थित दुधे रंगशालामा सम्पन्न प्रतियोगितामा दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो। आयोजकका अनुसार प्रतियोगिता अवधिभर कुल ५८ लाख तीन हजार रुपैयाँ टिकट बिक्री भएको छ। समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र […]

प्रहरी अधिकारी उप्रेतीको मेची महाकाली साइकल यात्रा सुरु

मेचीनगर, २५ कात्तिक (purwa khabar) सीमाक्षेत्रको भौगोलिक अवस्था, दुवै देशका नागरिकबीचको सम्बन्ध तथा सीमा सुशासनका विभिन्न पक्षको अध्ययनका उद्देश्यसहित सशस्त्र प्रहरी नायव उपरीक्षक (डीएसपी) युकेश उप्रेतीले सोमबारदेखि ‘मेची–महाकाली साईकल यात्रा’ सुरु गरेका छन्। झापाको मेची नाकाबाट प्रारम्भ भएको यो यात्रा करिब ४० दिनपछि कञ्चनपुरको गड्डाचौकीमा पुगेर सम्पन्न हुनेछ। सीमाक्षेत्रमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोष्ट […]

संसद् पुनर्स्थापनाको पक्षमा धुलाबारीमा मोटरसाइकल र्‍यालीको तयारी

मेचीनगर, २४ कात्तिक — नेकपा (एमाले) मेचीनगर नगर कमिटीले संसद् पुनर्स्थापना र असंवैधानिक अन्तरिम सरकारको खारेजीको मागसहित बुधबार मोटरसाइकल र्‍याली आयोजना गर्ने तयारी गरेको छ। पार्टीका नगर अध्यक्ष राजु कार्कीका अनुसार र्‍याली धुलाबारीदेखि चारआलीसम्म सञ्चालन हुनेछ र कार्यक्रममा ठूलो संख्यामा कार्यकर्ता तथा समर्थकको सहभागिता रहने अपेक्षा गरिएको छ। आज धुलाबारीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष […]

महिलालाई आत्मनिर्भर बनाउँदै बिर्तामोडको आत्मनिर्भर सहकारी

राजकुमार ओली।,बिर्तामोड, २३ कार्तिक, (पूर्व खबर) आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोडले आर्थिक सशक्तीकरणमार्फत महिलाहरूलाई आत्मनिर्भर बनाउन प्रभावकारी काम गर्दै आएको छ। महिलाहरूको नेतृत्वमा सञ्चालन हुँदै आएको सहकारीले वित्तीय पहुँच विस्तार, उद्यमशीलता प्रवर्द्धन र पारिवारिक आय वृद्धिमा उल्लेखनीय योगदान पुर्‍याएको संस्थाका पदाधिकारीहरूले बताएका छन्। संस्थाको १४औं वार्षिक साधारण सभाको अवसरमा अध्यक्ष पवित्रा महतारा […]

केपी ओलीको लागि गुड्डुमै ओली कुटी बनाएर राख्ने तयारी

राजकुमार ओली,काठमाडौं, ५ कात्तिक नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सांसद महेश बस्नेतले पार्टी अध्यक्ष केपी शर्मा ओलीका लागि भक्तपुरको गुण्डुमा ‘ओली कुटी’ निर्माण गरिने घोषणा गरेका छन्। बुधबार बिहान जेनजी आन्दोलनकारीहरूले बालकोटस्थित ओली निवासमा आगजनी गरेपछि त्यसको निरीक्षणका क्रममा अध्यक्ष ओलीसँगै पुगेका बस्नेतले यस्तो घोषणा गरेका हुन्। उनले बालकोटको जलेको घर मर्मत नगरिने बताउँदै […]

इलाममा खेलकुद विकास समितिको नयाँ भवन उद्घाटन

इलाम, ४ कात्तिक। इलाम जिल्लामा खेलकुद क्षेत्रको विकास र विस्तारका लागि निर्माण गरिएको जिल्ला खेलकुद विकास समितिको नयाँ आधुनिक भवन आज औपचारिक रूपमा उद्घाटन गरिएको छ। भौतिक मन्त्रालय को सघन सहरी तथा भवन निर्माण आयोजना झापाको आर्थिक सहयोगमा निर्माण गरिएको उक्त भवनको लागत करिब ५० लाख रुपैयाँ रहेको छ। भवन निर्माण कार्य नायक एण्ड सन्स […]

लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ ‘इको म्युजिक फेष्ट’ कार्तिक ११ गते आयोजना हुने

बिर्तामोड, ३ कात्तिक,  झापाको बिर्तामोडमा लागुऔषध दुव्र्यसनमुक्त समाज निर्माण गर्ने उद्देश्यले ‘इको म्युजिक फेष्ट’ आयोजना हुने भएको छ। चाहना समूह बिर्तामोड–५ र इभन इन (Eve In) को संयुक्त आयोजनामा आगामी कात्तिक ११ गते मंगलदीप टोलस्थित लोटस लाउन्ज एण्ड बारको अगाडि सो कार्यक्रम हुने आयोजकले बताएका छन्। कार्यक्रममा स्वर पूर्ण राई दाजुभाइ ब्याण्डको विशेष प्रस्तुति रहनेछ भने गेस्ट आर्टिस्ट अर्नभ वन पनि प्रस्तुत हुनेछन्। आज बिर्तामोडमा आयोजित […]

पूर्व मुख्यमन्त्री राई भन्छन्– २०४६ सालपछि लाभका पदमा पुगेका सबैको सम्पत्ति छानबिन हुनुपर्छ

बिर्तामोड, २५ असोज नेकपा एमालेका स्थायी समिति सदस्य तथा कोशी प्रदेश इञ्चार्ज शेरधन राईले २०४६ सालपछि लाभका पदमा पुगेका सबै नेता तथा कार्यकर्ताको नाम र सम्पत्ति विवरण सार्वजनिक गरी छानबिन गर्न एमाले तयार रहेको बताएका छन् । शनिबार झापामा सम्पन्न एमालेको सातौं जिल्ला पूर्ण बैठकलाई सम्बोधन गर्दै इञ्चार्ज राईले पार्टीले अनियमितता नगरेको स्पष्ट पार्दै भने, […]

अध्यक्ष बस्नेतको चेतावनी– ‘सरकारले प्रतिशोध साँध्ने हो भने विद्रोह हुन्छ’

  विराटनगर, २१ असोज नेपाल खेलकुद महासङ्घका केन्द्रीय अध्यक्ष तथा नेकपा (एमाले) का युवा नेता पर्शुराम बस्नेतले सुशीला कार्की नेतृत्वको सरकारले एमालेका शीर्ष नेतामाथि प्रतिशोधको राजनीति गर्न खोजे कठोर प्रतिकार हुने चेतावनी दिनुभएको छ। अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत् स्ट्याटस लेख्दै प्रधानमन्त्री कार्की नेतृत्वको सरकारले निर्वाचनको म्यान्डेट पाएको भए पनि अब त्यसबाट बिचलित भई ‘प्रतिशोध साँध्ने […]