अव कर्मचारीलाइ असामान्य अवस्था बाहेक कुनैपनि परिस्थितीमा मुद्दा चलाउन नपाइने कानुन बनिसकेको नेपाल निजामती कर्मचारी सघंठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोइरालाले बताउनुभएको छ ।
आफुहरुले नेपाल भरका कर्मचारीहरुको मनोबल उच्च बनाउने गरि आफुहरु लागेको अध्यक्ष कोइरालाले बताउनुभएको हो ।
विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सबै शेयरधनी सचेत हुन आवश्यक रहेको नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले बताउनुभएको हो ।
शनिवार झापाको भद्रपुर मा आयोजित राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था झापाको २५ औं वार्षिक साधारण सभा लाइ सम्वोधन हुदै अध्यक्ष कोइरालाले आफुहरुको सहकारी बलिदानबाट स्थापना भएको नेपालका २२ हजार राष्टसेवक कर्मचारीहरुको लगानीबाट सन्चालन भएकोले जोखिम नरहेको बताउनुभएको छ ।
नेपाल निजामती कर्मचारी संगठनमा आबद्ध सदस्यहरुले अढाई दशकअघि स्थापना गरेको राष्ट्र सेवक वचत तथा ऋण सहकारी संस्था झापाको २५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको हो ।
संस्थाले भद्रपुर १० स्थित आफ्नै भवन सहिद मनोज झपेन्द्र स्मृति भवनको सभाहलमा संस्थाका अध्यक्ष वशिष्ठ अधिकारीको अध्यक्षता तथा नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न गरेको हो ।
सहसचिव सीता गुरागाईँले स्वागत र सचिव नवराज पोखरेलले सञ्चालन गरेको कार्यक्रममा अध्यक्ष अधिकारीले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै एक करोड ७१ लाख ७८ हजार शेयर पूँजी तथा ८०८ जना शेयर सदस्य रहेको जानकारी दिनुभएको थियो
समाारेहका प्रमुख अतिथि कोइराला, नेपाल निजामती कर्मचारी संगठन कोशीका अध्यक्ष काशीराज पराजुली, सङ्गठन झापाका अध्यक्ष केदार पोखरेल, ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोपीकृष्ण न्यौपाने, झापा जिल्ला सहकारी संघका सदस्य हरिकृष्ण अधिकारी, फणिन्द्र अधिकारीलगायतले शुभकामना मन्तव्य राख्दै केही विकृत सहकारीका कारण सहकारी क्षेत्र बदनाम हुँदै गएकाले सबै शेयरधनी सचेत हुन आवश्यक रहेको धारणा राख्नुभएको छ ।





