कोरियाबाट फर्केका युवाले सुरु गरे सिम्रिक यातायात

राजकुमार ओली।

बिर्तामोड झापा
सिम्रिक यातायात ट्राभल एण्ड टूर्स प्रालीले विजयादशमीको साइत पाएर सुविधा सम्पन्न एसि सहितको नाइट बस सुरु गर्ने भएको छ।

कोरियाबाट फर्किएका तथा कोरियामा रहेका युवाहरूले २ करोड लगानी गरेर सुविधा सम्पन्न एसी सहितका गाडीहरू सञ्चालन गर्न लागेका हुन्।

कोरियामा रहेका युवाहरू आयुष युनिस बोगटी ,भीम बिष्ट ,मनोज अधिकारी र कुमार पाण्डेले सिम्रिक यातायात ट्राभल्स एण्ड टूर्स प्रालीको नामबाट नयाँ टेक्नोलोजी सहितका नाइट बसहरू सुरु गर्न लागेको बताएका हुन ।

सञ्चालक मध्येका मनोज अधिकारीले लामो समयसम्म कोरियामा बसेर अनुभव संगालेको भोगाइलाई नेपालको माटोमा व्यावसायिकता दिने पक्षका साथ अटोमा लगानी गरिएको बताए।
२० वर्षदेखि सवारी चालकको अनुभव संगालेका युवाले नेपालको अटोमा लगानी गर्ने लक्ष्यका साथ थप चारवटा हाएस गाडीहरू समेत थप्ने तयारी गरिएको सञ्चालक कुमार पाण्डेले पूर्व खबरलाई बताए।

अत्याधुनिक सुविधासहितका सुतेर समेत जान मिल्ने गरीका चार सिट र अन्य सोफा सेट आइटमका ४० सिट गरी ४४ सिट क्षमताका गाडीहरू सुरु गर्न लागिएको र आउने असोज १५ गतेबाट सेवा सुरु गर्ने पाण्डेले जानकारी दिए।
प्रालीले जेष्ठ, दीर्घ बिरामी र अपाङ्गहरूलाई ५०% सम्म छुट दिने र सम्पूर्ण सिटहरू महिला मैत्री भएको अर्का सञ्चालक भीम बिष्टले बताए।
झापाको कन्काई नगरपालिकामा केन्द्रीय कार्यालय बनाएर सेवा सुरु गरिएको सिम्रिक यातायातले गौरादह हुँदै काकरभिट्टाबाट काठमाडौँ सेवा सुरु गर्ने र दैनिक दुईटा सेवा सुरु गर्ने लक्ष्य लिएको सञ्चालक आयुष बोगटीले जानकारी दिए।
झापा लगायतका ठाउँबाट कोरिया गएर फर्किएका तथा कोरियामा रहेका नेपाली युवाहरूले आफ्नै माटोमा व्यवसायिक लगानी गर्दै अघि बढ्न खोज्नु सबैका लागि प्रेरणाको स्रोत बनेको देखिएको छ।।
लामो समयसम्म कोरिया पसेका उनीहरूले देशमै के गर्ने लक्ष्यका साथ अटोमा लगानी गरिएको र आउने वर्षहरूमा नेपाल फर्किएर यातायातमै भविष्य खोज्न लागि लागि परेको देखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array