बिर्तामोड, झापा – बिर्तामोड-५ मा निर्मित गायत्री माता मन्दिर सेवा समिति ले संरक्षकसहित व्यवस्थापन समिति र सल्लाहकार समिति गठन गरेको छ। झापामै पहिलो पटक पाँच दिवसीय अनुष्ठानसहित माताको प्राण प्रतिष्ठा तथा मन्दिर उद्घाटन गरिएपछि यसको व्यवस्थापन, सञ्चालन र संरक्षणका लागि समिति गठन गरिएको हो।
संरक्षक समिति गठन
मन्दिर निर्माण समितिका संयोजक रौनक वंशल सहित बिर्तामोड नगरपालिकाका प्रमुख, उपप्रमुख, वडानम्बर ५ का वडाध्यक्ष, इलाका प्रहरी कार्यालय अनारमनी, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा, र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प शनिश्चरेका प्रमुख संरक्षक समितिमा मनोनीत भएका छन्।
३१ सदस्यीय व्यवस्थापन समिति गठन
मन्दिरको व्यवस्थापन समिति गठनका लागि बसेको बैठकमा बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, वडाध्यक्ष रोहित प्रसाई, नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, अर्जुनधारा जलेश्वर धामका अध्यक्ष नवीन गट्टानी लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो। बैठकले विवेक अग्रवालको संयोजकत्वमा ३१ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ।
प्रमुख पदाधिकारीहरू:
- संयोजक: विवेक अग्रवाल
- सहसंयोजक: सुजित अग्रवाल
- सचिव: मनोज वजाज
- कोषाध्यक्ष: राजेश अग्रवाल
समिति सदस्यहरूमा:
मुकेश अग्रवाल, विकास अग्रवाल, सुमित अग्रवाल, विजय सिङ्गल, श्याम बसल, मनोज वंशल, तारा श्रेष्ठ, रमा खनाल, टङ्कप्रसाद खनाल, अजय कलवार, शत्रुघन गुप्ता रौनियार, अशोक चौधरी, श्याम अग्रवाल, निरज वंशल, मनिष पोद्धार, सतिष अग्रवाल, अभिषेक अग्रवाल, रवि वंशल, अनमोल सिङ्गल, रवि शर्मा, साहिल जोधानी, टेकेन्द्र अग्रवाल, नरेश मित्तल, विशाल गोयल, प्रयागचन मित्तल, रितेश अग्रवाल, कौशल अग्रवाल रहेका छन्।
सल्लाहकार समिति गठन
यसैगरी, ३१ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ। जसमा उमेश डालमिया, निर्मल भट्टराई, राजु न्यौपाने, कुशल खतिवडा, सुरेश कुमार अग्रवाल (भद्रपुरे), मोहन मित्तल, प्रशान्त भण्डारी, मेघराज बास्तोला, नवीन कुमार गोयल, नवीन गट्टानी, सुवास भट्टराई, सजेश शिवाकोटी, विष्णुकुमार निरौला, राजकुमार गुप्ता, पार्वता खरेल बिमली, स्वस्तिका आचार्य, नीलम अग्रवाल, दिनेश श्रेष्ठ, निशा गुप्ता, वेद प्रकाश वंशल, विनोद वंशल, सुशील अग्रवाल (सीए), शुभ कुमाई पाठक, अनुज मारु, शिवकुमार अग्रवाल, दीपचन्द साहेवाला, पप्पु वंशल, रजनिश कर्नानी, महेश चितलाङ्गिया, यज्ञराज अग्रवाल रहेका छन्।
मन्दिर निर्माणमा अढाई करोडको लगानी
गायत्री माता मन्दिरको निर्माणमा बिर्तामोड नगरपालिकाको बजेट, प्रदेश सरकारको सहयोग, र दाताहरूको योगदानसहित कुल अढाई करोड रुपैयाँको लगानी भएको छ।
अनुष्ठान र उद्घाटन समारोह
मन्दिर उद्घाटनअघि माघ १७ गतेबाट पाँच दिवसीय अनुष्ठान आयोजना गरिएको थियो। अनुष्ठानको उद्घाटन प्रतिनिधि सभा सभामुख देवराज घिमिरे ले गरेका थिए। माघ २० गते नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगतगुरु अनन्त श्री विभूषित बालसन्त मोहनशरण देवाचार्य महाराज द्वारा विशेष प्रवचन प्रदान गरिएको थियो। अन्ततः माघ २१ गते कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्की ले विशेष पूजाअर्चनासहित माताको प्राण प्रतिष्ठा सम्पन्न गरेका थिए।
आय-व्यय विवरण सार्वजनिक गरिने
मन्दिर निर्माण समितिका संयोजक रौनक वंशलका अनुसार निकट भविष्यमा पत्रकार सम्मेलन आयोजना गरी दाताहरूको नामावलीसहित मन्दिर निर्माणका क्रममा भएको आय-व्यय विवरण सार्वजनिक गरिनेछ।





