गौरादहको प्रगति माविका पुर्व विध्यार्थीहरुले ५१ लाखको अक्षय कोष स्थापना गर्दै
राजकुमार ओली दोमुखा सतासीधाम
गौरादहको प्रगति माविका पुर्व विध्यार्थीहरुले ५१ लाख रुपैयाको अक्षय कोष स्थापना गर्ने भएकाछन ।
शनिवार झापाको दोमुखा पर्यटकिय स्थलमा भेला भएका पुर्व विध्यार्थीहरुले विध्यालयको शैक्षिक गुणस्तर सुधार गर्न ,सास्कृतिक तथा सामाजिक क्षेत्रमा योगदान पुराउन तथा विपद र दुखमा सहानुभुतिको सारथी बन्न ५१ लाख रुपैयाको अक्षय कोषको स्थापना गर्न लागिएको समाजका सयोंजक लक्ष्मी प्रसाद सगैै्रालाले जानकारी दिनुभएको हो ।
आउने १५ वर्ष भित्रमा अक्षय कोषमा १५ सय सदस्य बनाउने र ५१ लाख रुपैयाको कोष निर्माण गरि विध्यालयका असल शिक्षक तथा प्रअ तथा उत्कृष्ठ अभिवावकहरुलाइ समेत पुरस्कृत गर्दे लैजाने लक्ष्य राखिएको छ ।
आउने वर्षहरुमा विध्यालयमा खेल मैदान ,स्टेज निर्माण देखि भौतिक तथा शैक्षिक गुणस्तर सुधारमा दाताहरुको सहयोग लिएर काम अघि बढाउने योजना राखिएको कोष समितीले बताएको हो ।
शनिवार बनभोज कार्यक्रम आयोजना गरिएको कार्यक्रममा पुर्व विध्यार्थीहरुले २ लाख ९३ हजार ५सय रुपैया सकंलन गरिसकिएको अध्यक्ष सग्रौलाले जानकारी दिनुभएको हो ।
बनभोजमा भेला भएका पुर्व विध्यार्थीहरुले १७ सदस्यीय पुर्व विध्यार्थी समाज र १५ सदस्यीय सल्लाहकार समिती समेत घोषणा गरेका छन ।समाजको सयोंजकमा लक्ष्मी प्रसाद सग्रौला,सहसयोंजकमा भक्त बहादुर भण्डारी ,सचिवमा धु्रव कटुवाल,सहसचिवमा रघु राजबशीं ,कोषाध्यक्षमा शकंर प्रसाद अधिकारी ,तथा सदस्यहरुमा लक्ष्मी श्रेष्ठ,कमला रावत,भगवती भेटवाल,श्री प्रसाद आचार्य,दिपक वुडाथोकी ,महाविर राजबशीं,अमर सुवेदी,भानु चुडाल,गणेश सिटौला,दुर्गा सिवाकोटी,जबा चक्रवती र गणेश भटटराई रहेकाछन ।
त्यस्तै सल्लाहकार समितीको सयोंजक कृष्ण राजबशी ंर सदस्यहरुमा चन्द्र सुवेदी ,धनन्जय चुडाल,लेखनाथ सेढाइ,राजन तिवारी ,योगेश्वर खनाल,दिनानाथ कडरिया,तारानाथ अधिकारी,उमेश भण्डारी ,बौतली राजबशीं,गोमा पोखरेल,कल्पना खरेल,डम्वर कुमारी खरेल,दुर्गा मण्डल,सुनिता वस्ती र डिल्ली .सिटौला रहनुभएको छ ।
समाजले प्रत्येक वर्षको माघको अन्तिम शनिवार पर्यटकिय क्षेत्रको खोजी गरि सोही पर्यटकिय स्थलमा आन्तरिक पर्यटन प्रर्वद्दन गर्दै बनभोज गर्ने तथा साधरण सभा समेत आयोजना गरिने घोषणा गरेको सल्लाहकार सयोंजक कृष्ण राजबशींले जानकारी दिनुभएको छ ।
समाजले दैनिक १ रुपैया सकंलन गर्ने तथा बार्षिक ५सय रुपैयाका दरले सदस्यहरुबाट सहयोग लिने र १५वर्षे गुरुयोजना सहित ५१ लाख रुपैयाको अक्षयकोष स्थापना गर्ने लक्ष्य राखेर बनभोज कार्यक्रम सम्पन्न गरेको हो ।





