फागुन महिनामै चैत महिनाको प्याकिङ मिति उल्लेख गरिएको चामल बिक्री भइरहेको तथ्य फेला परेको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजारमा उपलब्ध गराइरहेको चामलको बोरामा प्याकिङ मिति चैत २५ गते उल्लेख गरिएको भेटिएको छ।
बुढीगंगा नगरपालिका घर भई मार्तडीमा बस्दै आएकी बाजुरा क्याम्पसकी विद्यार्थी रेखा नेपालीले फागुन महिनामा किनेको चामलको बोरामा ०८१ चैत २५ गतेको प्याकिङ मिति उल्लेख गरिएको पाइएको हो। उनले माघको अन्तिम हप्तामा खरिद गरेको अरुवा मोटा चामलको बोरामा यस्तो मिति भेटिएपछि आफू अन्योलमा परेको बताइन्।
चामलको गुणस्तरप्रति पनि उपभोक्ताहरू असन्तुष्ट
सिर्फ मिति मात्रै होइन, चामलको गुणस्तरप्रति पनि स्थानीय उपभोक्ताहरू असन्तुष्ट छन्। चामलमा सिसाका टुक्रा, भुस, गहुँका डाँठ, धुलो तथा टुक्रिएको चामल फेला परेको उनीहरूको गुनासो छ।
खाद्यान्नबाट किनेर २५ केजीको चामलको बोरामा यस्तो राखेको भेटिएको हो ।
उनले खाद्यान्न्बाट माघ महिनाको अन्तिम हप्तामा किनेर ल्याएको रोतो बोरामा प्याकिङ गरिएको अरुवा मोटा चामलको डेट चैत्र महिनाको लेखिएको छ । मिति उल्लेख गरिएको माथि भागमा एफ.एम.टी.सी.एल लेखिएको छ । भने मिलको नाम जय गुरु राईस दमक झापा रहेको छ ।
उनले भनिन्, ‘प्याकिङ्ग डेट ०८१ चैत २५ गते लेखिएको भेटेपछि यो चामल खाने की नखाने भनेर सोचे, एक चोटी खाद्यान्न्मै फिर्ता गर्न सोच बनाएको भएपनि प्रयोग गरेको बताएकी छन् ।
चामलमा सिसाका टुक्रा, भुस, गहुँका स–साना डाँठ जस्ता थुप्रै फोहोर वस्तुहरु र धुलो तथा टुक्रा समेत चामल भेटिने गरेको स्थानीय उपभोक्ताहरुको गुनासो रहेको छ ।
खाद्य कम्पनीका प्रमुखले ‘त्रुटी’ स्वीकारे
यस विषयमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, बाजुरा शाखाका प्रमुख उमेश भण्डारीले प्याकिङ मितिमा ध्यान नदिएको स्वीकार गर्दै यो प्रादेशिक कार्यालयको लापरबाही वा मिलको त्रुटि हुनसक्ने बताए। उनले प्रादेशिक कार्यालयसँग यसबारे बुझ्ने आश्वासन दिएका छन्।
उपभोक्ताहरूले भने खाद्य कम्पनीको यस्तो लापरबाही उपभोक्ता स्वास्थ्यका लागि गम्भीर चुनौती हुनसक्ने भन्दै कारबाहीको माग गरेका छन्।





