राजकुमार ओली दुवागढी मेचीनगर झापा
नेपालका वनमा थुप्रै समस्याहरु देखिएको सरकारवालाले बताएका छन्।
आज सामुदायिक वन दिवसको अवसर पारी मेचीनगरको दुवागढीमा आयोजित एक कार्यक्रममा सरोकारवालाहरुले वनभित्र थुप्रै समस्या र चुनौतीहरु देखिएको बताउनुभएको हो।
राष्ट्रिय वन दिवसको अवसर मा आयोजित पुरस्कार वितरण समारोह मा झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोला डिभिजन वन कार्यालय झापाका प्रमुख राई सहायक वन डिभिजन अधिकृत देवेन्द्र उप्रेती सामुदायिक वन उपभोक्ता महासङ्घ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी लगायतले सामुदायिक वनभित्र थुप्रै चुनौती र समस्याहरु रहेको तर पछिल्लो समय समस्या समाधान उन्मुख देखिएको बताउनुभएको हो।
नेपालको वनअभियानमा नागरिकको भूमिका महत्वपूर्ण भएको तर केही पछिल्ला घटनाक्रमले मनभित्र निकै जोखिम बढ्दै गएको सरोकारवालाहरुले बचाउनुभएको हो
झापामा वन अभियानमा उत्कृष्ट सफलता हात परेका र लामो समयसम्म वनभित्रका समस्यालाई समाधान गर्दै बहुतले मार्फत वन बचाउन योगदान दिने उत्कृष्ट वनहरुलाई समेत आज बिहीबार पुरस्कृत गरिएको छ। झापाका ५९ वटा सामुदायिक वनहरूमध्ये उत्कृष्ट बन्न सफल बिर्तामोडको हरियाली सामुदायिक वन समूह ् कचन कवलको पूर्व देउराली सामुदायिक वन समूह दोस्रो तथा कन्काई नगरपालिकाको प्रजापति सामुदायिक वन समूह लाई तेस्रो पुरस्कार वितरण गरिएको हो।
निजी वनतर्फ बार्दशी गाउँपालिकाको मेघराज बिमली झापा गाउँपालिकाका रतनलाल अग्रवाल र गौरीगञ्ज गाउँपालिकाको पवित्रा देवी लामिछाने को निजी वनलाई झापाको उत्कृष्ट वनको रूपमा पुरस्कृत गरिएको हो।
त्यस्तै वन अभियानमा उत्कृष्ट योगदान पुर्याएका १० जना व्यक्तिहरूलाई समेत सम्मानित गरिएको छ। झापा जिल्लाका प्रहरी निरीक्षक अनिस बुढाथोकी झापाका वन फरेस्टर डिल्ली राम खरेल। कृष्ण निरौला कुमार खड्का। निर्मल प्रधान प्रतबहादुर तामाङ भीष्म सापकोटा हरि कुमार राई कुवेत न्यौपाने समेतलाई उत्कृष्ट वन पुरस्कारबाट सम्मानित गरिएको हो।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धु बास्तोलाले पुरस्कृत हरूलाई दोसल्ला ताम्रपत्र र खाजा लगाएर सम्मान गर्नुभएको हो।





