“पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ विज्ञहरूसँग अन्तरक्रिया

 

बिर्तामोड, भदौ ५ 🙁 पूर्व खबर)

होटल हिकोला हेरिटेज प्रालि, परिवार विर्तामोडले आफ्नो ११औँ वार्षिकोत्सव भव्यतापूर्वक सम्पन्न गरेको छ।

पर्यटन प्रवर्द्धनलाई मुख्य ध्येय बनाई स्थापना भएको यस संस्थाले यस अवसरमा “पर्यटन प्रवर्द्धन र विविध क्षेत्र” विषयमा विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम समेत आयोजना गरेको थियो।

कार्यक्रममा बोल्दै पर्यटन विज्ञले भने, “स्थानीय होटल तथा आतिथ्य क्षेत्रलाई आधुनिक प्रविधि र गुणस्तरीय सेवासँग जोड्न सके झापा पूर्वी नेपालको प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ।”

होटलका सञ्चालक परिवारका तर्फबाट श्रेष्ठले भने, “हामीले ११ वर्षदेखि निरन्तर सेवा विस्तार गर्दै आएका छौँ। आगामी दिनमा अझ प्राविधिक र व्यवस्थित सेवामार्फत पर्यटकको रोजाइमा पर्ने लक्ष्य लिएका छौँ

साहित्य चौतारी झापाको स्थापना दिवस पनि विशेष समारोहका साथ भव्य रुपमा आयोजना गरिएको छ। कार्यक्रममा चौतारीका संस्थापक अध्यक्ष देविभक श्रेष्ठले आफ्ना अनुभव प्रस्तुत गर्दै भने, “साहित्य चौतारीलाई मैले सिर्जना, चिन्तन र विचार आदानप्रदानको थलोको रूपमा सुरु गरेको हुँ। आज यसले झापाको साहित्यिक गतिविधिलाई देशभर परिचित गराउन थालेकोमा गर्व लाग्छ।”

साहित्यकार अनिरुद्ध ओलीले चौतारीलाई सृजनशील गतिविधि र साहित्यिक चेतना अभिवृद्धिको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका थिए। चौतारीले आगामी दिनमा युवा पुस्तालाई साहित्य लेखनमा प्रोत्साहित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा झापाको साहित्यिक परिचय बढाउने लक्ष्य लिएको जानकारी पनि दिइएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array