राजकुमार ओली दमक
मजदुर बस्तीमा जाने खानेपानीको पाइप बन्द गरेपछि स्थानीय बासीहरु आतंकित बनेका छन्। दमकको हिमालय महालक्ष्मी चिया बगानले १०० घर धेरै बसोबास गर्ने मजदुर बस्तीमा लगिएको खानेपानीको मा अवरोध गरेपछि स्थानीयवासीहरू आतंकित बनेको देखिएको छ।
पूर्व राजा ज्ञानेन्द्र शाहका म्यानेजर श्यामल सुब्बाले आफूले बस्तीमा जाने खानेपानीको पाइप बन्द गरिएको र काममा अवरोध गरेपछि गाउँलेहरु सँग झडपको स्थिति समेत सिर्जना भएको छ।
२०१६ सालदेखि बसोबास गर्दै आएका चिया मजदुरहरूको बस्तीमा हिमालय महालक्ष्मीका म्यानेजर स्यामल सुब्बाले खानेपानी विस्तारमा अवरोध गरी खानेपानी खानाबाट वञ्चित गराउने षड्यन्त्र गरेको स्थानीयवासीहरूको आरोप छ।
६५ वर्षदेखि बस्दै आएको यो बस्तीमा झुक्याएर कम्पनीले आफ्नो ऐलानी माटोलाई नम्बरी बनाउन जाल रचेको र तस्करसँग मिलेमतोमा आफ्नो बस्ती लाई कम्पनीको जग्गा बनाउन षड्यन्त्र गरेको समेत उनीहरूले आरोप लगाएका छन्।
दमक नगरपालिकाले आफ्नो लगानीमा बस्तीमा खानेपानीको पाइप विस्तार गर्ने क्रममा सुब्बाले काम गर्न नदिएको पछि स्थानीयवासीसँग तीव्ररूपमा वादविवाद भएको देखिएको छ। उक्त विषयमा चिया बगानका म्यानेजर श्यामल सुब्बासँग टेलिफोन सम्पर्क गर्दा फोन नउठाएको र आफूले पूर्व राजाको सल्लाह अनुसारले काम गरेको जानकारी दिएका छन्।
दमकका पूर्व डीएसपी समेत रहेका श्यामल सुब्बा चिया बगानको कमाण्ड हेर्ने गरी आएपछि चियाका थुप्रै समस्याहरूमा उनी विवादमा पर्दै आएका छन्
सहमति बिना नै चियाबगान फाड्दै आएका सुब्बाले स्थानीयसँग समेत सम्बन्ध बिगारेको देखिएको छ।





