प्रविधिमैत्री, तथ्यपरक र सन्तुलित पत्रकारिताको आवश्यकता

बिर्तामोड । पूर्वेली समाचार प्रा.लि.ले आज आफ्नो प्रथम वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम गणेश कोइरालाको अध्यक्षतामा सम्पन्न भएको हो । नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने प्रमुख अतिथि रहनुभएको कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नम्बर ३ का अध्यक्ष मदन बुढाथोकी र वडा नम्बर ७ का अध्यक्ष अबिरल कृष्ण खरेल विशिष्ट अतिथि रहनुभएको थियो ।

कार्यक्रममा अग्रज पत्रकार उमाकान्त खनाल, प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियार, उद्योग वाणिज्य संघ बिर्तामोडका कोषाध्यक्ष युवराज निरौला, सभामुखको सचिवालयका हिमाल मैनालीलगायतको उपस्थिति रहेको थियो ।

वक्ताहरूले बदलिँदो समयसँगै प्रविधिमैत्री, तथ्यपरक र सन्तुलित पत्रकारिताको आवश्यकता औँल्याउँदै छोटो समयमै पूर्वेली समाचारले खेलेको भूमिकाको प्रशंसा गरेका थिए ।

कार्यक्रमको सञ्चालन अच्युत सुबेदीले गर्नुभएको थियो भने नबिन बिमलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array