फागुन २१ मा चुनाव हुन्छ: हामीले विकल्प अहिले सोच्नै हुँदैन: विश्व प्रकाश शर्मा

राजकुमार ओली धुलाबारी फागुन ११ (पूर्व खबर अनलाइन)
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्धारित मिति फागुन २१ मा निर्वाचन हुनुपर्ने बताउँदै चुनाव रोक्ने वा सार्ने विषयमा कुनै बहस आवश्यक नरहेको धारणा व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन झापाले सोमबार बिहान धुलाबारीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले चुनाव हुन्छ/हुँदैन भन्ने आशंका निराधार भएको उल्लेख गर्नुभयो । देश यतिबेला निर्वाचनमय भइसकेकाले अब कुनै पनि बहानामा चुनाव नरोकिने उहाँको दाबी थियो ।
उपसभापति शर्माले चुनाव गर्ने वा नगर्ने भन्ने विषयमा राष्ट्रिय बहस आवश्यक ठान्नेहरूका लागि दमकमा खुला बहस आयोजना गर्न आफू तयार रहेको बताउनुभयो । झापा–५ मा प्रमुख दुई दलले प्रस्ताव गरेका भावी प्रधानमन्त्रीका उम्मेदवारहरू रहेकाले त्यहीँ राष्ट्रिय स्तरको बहस गर्न सकिने उहाँको भनाइ थियो ।
उहाँले कांग्रेस सभापति गगन थापालाई समेत छलफलका लागि दमक ल्याउन आफू जिम्मेवार रहने स्पष्ट पार्नुभयो । “कसैलाई अझै पनि चुनाव हुँदैन कि, चुनावअघि सहमति गरौँ भन्ने लाग्छ भने दमकमै राष्ट्रिय छलफल राखौँ,” उहाँले भन्नुभयो, “हाम्रो सभापतिलाई कहिले ल्याउनुपर्ने हो भन्नुहोस्, त्यसको जिम्मेवारी मेरो भयो ।”
कांग्रेस निर्वाचन परिचालन समितिका केन्द्रीय संयोजकसमेत रहनुभएका शर्माले चुनावप्रति प्रमुख दलकै नेतृत्वबाट आशंका व्यक्त हुनु उपयुक्त नभएको टिप्पणी गर्नुभयो । पूर्वराजाले चुनावअघि राष्ट्रिय सहमतिको प्रस्ताव अघि सार्नु पनि सान्दर्भिक नभएको उहाँको धारणा थियो ।
उहाँले देशभर निर्वाचनको माहोल बनिसकेको अवस्थामा चुनावलाई असर पर्ने कुनै पनि गतिविधि कसैले गर्न नहुने बताउनुभयो । लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न समयमै निर्वाचन सम्पन्न हुनु आवश्यक रहेको उहाँको जोड थियो । “फागुन २१ मै चुनाव हुन्छ, हामी ढुक्क छौँ,” उहाँले भन्नुभयो ।
फरक प्रसंगमा उहाँले आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्ने दाबी गर्नुभयो । जनताले परिवर्तन खोजिरहेको उल्लेख गर्दै उहाँले बदलिएको कांग्रेसले जनभावना बुझ्न सक्ने बताउनुभयो । “देशलाई परिवर्तन चाहिएको छ । बदलिएको कांग्रेसले मात्र अहिलेको अवस्थालाई सम्हाल्न सक्छ,” उहाँले भन्नुभयो ।
उहाँका अनुसार परिवर्तनको एजेन्डा नै कांग्रेसको मूल एजेन्डा हो । राजनीतिक स्थायित्व, आर्थिक सुधार र सुशासनमार्फत देशलाई अगाडि बढाउन कांग्रेस सक्षम रहेको उहाँको दाबी थियो ।
झापा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेता शर्माले निर्वाचनलाई निष्पक्ष, शान्तिपूर्ण र विश्वसनीय बनाउन सबै राजनीतिक दल र सरोकारवालालाई सहयोग गर्न आग्रह गर्नुभयो । लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन निर्धारित समयमै निर्वाचन सम्पन्न गर्नु आजको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभयो ।
नेपालमा निर्वाचनसम्बन्धी विभिन्न अड्कलबाजी भइरहेका बेला उहाँको यो अभिव्यक्ति सार्वजनिक भएको हो । नेपालमा लोकतान्त्रिक अभ्यासलाई निरन्तरता दिन संविधानले तोकेको समयसीमाभित्रै निर्वाचन सम्पन्न गरिनुपर्नेमा उहाँले पुनः जोड दिनुभयो । आज नै झापाको धुलाबारीमा भएको नेपाली कांग्रेसको कोणसभा समारोहलाई झापा १ का नेपाली कांग्रेसका उम्मेदवार नेपालको पूर्वी नाकाबाट नेपालमा उद्योग र उद्योगका समस्यालाई हल गर्नेगरी आफ्नो भिजनले काम गर्ने बताएका छन्।। समृद्धि नै आजको आवश्यकता भएकोले नेपालले छिमेकी मुलुकसँग भएको व्यापार र व्यवसायबाट अघि बढ्नुपर्ने उनको दाबी छ।
कार्यक्रममा कांग्रेसका उपसभापति शर्माले समेत समारोहलाई सम्बोधन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

फागुन २१ मा चुनाव हुन्छ: हामीले विकल्प अहिले सोच्नै हुँदैन: विश्व प्रकाश शर्मा

फागुन २१ मा चुनाव हुन्छ: हामीले विकल्प अहिले सोच्नै हुँदैन: विश्व प्रकाश शर्मा

रौतहटमा कर्फ्यु: दुईटा गाडीमा भयो आग्जनी

रौतहटमा कर्फ्यु: दुईटा गाडीमा भयो आग्जनी

खरेल थुनामुक्त :घिमिरे जेल चलान

खरेल थुनामुक्त :घिमिरे जेल चलान

बिर्तामोडमा प्रहरी कार्यालयमा आक्रमण: आक्रमणकारीको खोजी तीव्र

बिर्तामोडमा प्रहरी कार्यालयमा आक्रमण: आक्रमणकारीको खोजी तीव्र

खण्डन सम्बन्धमा