मेचीनगर, ३० मंसिर । मेचीनगर नगरपालिकाले आगामी पुस १ गतेदेखि नगरका अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण गराउने भएको छ ।
नगरको १५ वटै वडामा नै बिशेषज्ञ डाक्टर, स्वास्थ्यकर्मीसहितको टोली खटाएर नगरपालिकाले उनीहरूको स्वास्थ्य परिक्षण गर्ने भएको हो ।
सोमबार बिहानबाट मेचीनगरको बाहुनडागीबाट अपाङ्गता भएकाहरूको निमिति विशेष निःशुल्क स्वास्थ्य शिविर आयोजना सुरु हुने भएको मेचीनगर नगरपालिकाकी बालबालिका तथा महिला शाखा प्रमुख जयन्ती खरेलले पूर्व खबरलाई जानकारी दिनुभएको छ।
मेचीनगर नगरपालिकाले पुस १ गतेबाट १५ वटै वडाहरुमा रहेका अपाङ्गता भएका व्यक्तिहरूको निम्ति सम्पूर्ण किसिमको सेवाहरू एकै स्थानबाट आयोजना गरी सेवाहरू प्रवाह गर्ने र कार्ड समेत वितरण गरिने साथै मानसिक रूपमा समस्या भएका बिरामीहरूलाई समेत उपचार गरिने नगरपालिकाकी अधिकृत तथा परिवार परामर्शकर्ता सरस्वती मिश्र ओलीले जानकारी दिएकी छिन्।
मेचीनगर नगरपालिकाले मेचीनगरको १ नम्बर वडामा पुस १ गते २ नम्बर वडामा दुई गते तीन नम्बर वडामा ३ गते ४ नम्बर वडामा ४ गते ५ नम्बर वडामा ५ गते एवं सबै वडामा गते र वडाका आधारमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म सेवा प्रवाह गर्ने तयारी गरेको प्रमुख प्रशासकीय अधिकृत अग्नि प्रसाद अधिकारीले बताउनु भएको छ
नगरपालिकाले अभियान कै रूपमा पुस १ गतेदेखि १५ गतेसम्म प्रत्येक वडामा अपाङ्गता भएका व्यक्तिहरुको बिशेष स्वास्थ्य परिक्षण, अपाङ्गता पहिचान र परिचय पत्र बितरण गरिने भएको छ ।
प्रत्येक वडामा एक एक दिन सञ्चालन हुने गरी आयोजित १५ दिने कार्यक्रम अन्तर्गत १ नं वडाबाट उद्घाटन भई कार्यक्रम २, ३, ४ र ५ हुँदै क्रमशः १५ गते वडा नं १५ मा पुगेर सम्पन्न गरिने भएको छ ।
मेयर गोपालचन्द्र बुढाथोकीले शारीरिक अशक्त एवम् अपांगता भएको मानिसलाई हेर्ने दृष्टिकोण समाजमा अझै पनि गलत रहेको बताए । उनले समाजमा त्यस्ता गलत प्रबृत्ति अन्त्य गर्न आवश्यक रहेको बताए ।
स्थानीय सरकारको हैसियतले मेचीनगर, कोशी प्रदेश सरकार र करुणा फाउण्डेशनबिच एक करोड ४२ लाखको त्रिपक्षीय सम्झौता गरी मेचीनगरमा अपांगता भएको मानिसहरुलाइ नवजात शिशुको जाँचमा वृद्वि, बाल स्वास्थ्यमा सुधार, अपाङ्गता भएका व्यक्तिहरुको जीवनको गुणस्तरमा सुधार, शिक्षामा पहुँच वृद्वि, परिवारको सशक्तिकरण, जीविकोपार्जनमा सुधार, सामाजिक क्रियाकलापमा पहुँच वृद्व, क्षमता अभिवृद्विमा सहयोग, प्रशासन तथा व्यवस्थापन सुदृढीकरणमा सहयोग लगायतको कार्यक्रमहरु सञ्चालन गरिने जनाएको छ ।
उपमेयर मीना पोखरेल उप्रेतीले अपांगता भएको मानिसहरुको क्षेत्रमा कार्य गर्न नगरपालिकाले महत्वपूर्ण कार्यक्रमहरु अगाडी सारिसकेको बताइन् ।
लक्षित वर्गमा नव विवाहित दम्पती, नवजात शिशु, १० वर्ष मुनीका बालबालिका, अपाङ्गता भएका बालबालिका, वयस्क, ज्येष्ठ नागरिकहरु र उनीहरुका परिवारका सदस्य, अपाङ्गता भएका व्यक्तिहरुका संस्था र समूह लाभान्वित हुने छन् ।
त्यस्तै स्वास्थ्य संस्था, शैक्षिक संस्था र समुदायका अन्य समूह र व्यक्तिहरु पनि लाभान्वित हुने छन् । विगतमा यसक्षेत्रमा ३ हजार २७ जना अपाङ्गता भएका मानिसहरु रहेकोमा हाल १ हजार ७४४ जनाको मात्रै नयाँ दर्ता कायम रहेको छ ।
महिला बालबालिका तथा समाज कल्याण शाखा प्रमुख जयन्ती खरेलले प्रत्येक वडामा एकएक दिन सञ्चालन हुने शिविरमा स्वास्थ्य परीक्षण, श्रवण यन्त्र, ह्युलचियर, कृतिम हातखुट्टाको नापजाँच, विद्यालय भर्ना लगायतका सेवाहरु उपलब्ध रहने बताइन् ।
शिविर सफल पार्न आँखा, कान, मनोविद, मेडिकल लगायतका स्वास्थ्य परिक्षणका लागि बिशेषज्ञ डाक्टरहरु आउनेछन् । मेचीनगरका स्वास्थ्यकर्मी, सामाजिक विकास शाखा, महिला बालबालिका तथा समाज कल्याण शाखा र सम्बन्धित वडा कार्यालयका कर्मचारी खटिने छन् । मेची नगरबाट





