बुद्धशान्तिमा झुलुङ्गे पुलको उद्घाटन पछि स्थानीयवासीहरू हर्षित

कोशीकै पहिलो लामो झुलुङ्गे पुलको उद्घाटन भएको छ।
नेपाली कांग्रेसका महामन्त्री एवं झापा १ का सांसद विश्व प्रकाश शर्माले बिहिबार एक कार्यक्रमका बीच झुलुङ्गे पुलको उद्घाटन गर्नुभएको हो।
बुद्ध शान्ति गाउँपालिकाबाट इलाम जान सजिलो हुने समेत यो झुलुङ्गे पुल कोशी प्रदेशकै सबभन्दा लामो पुल भएको पाइएको छ।
झुलुङ्गे पुलको निर्माणसँगै स्थानीयवासीहरू हर्षित भएको गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईले पूर्व खबरलाई बताए ।
निर्माण कम्पनीले इमान्दारिता देखाए समयमै काम सकिने को उदाहरण यो झुलुङ्गे पुल भएको छ।
बिर्तामोडका मेयर पवित्रा महत्रा प्रसाईले कार्यक्रमलाई सम्बोधन गर्दै सबै कामहरूमा व्यवसायीको कामको गति र इमान्दारीतामा निर्भर हुने बताउँदै ठेकेदारको अटेरी प्रवृत्तिका कारण कतिपय भौतिक पूर्वाधारको निर्माणको काम ढिलो हुने गरेको तर यो पुलमा सबैको चासोको कारण समयमै बन्नु सुखद भएको बताउनुभएको छ।।

सबैको सहयोग हुने हो भने विकास निर्माणका काम समयमै पूरा हुने उहाँको भनाई छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष मनोज प्रसाईंले ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ कोशी प्रदेशको सबैभन्दा लामो र नेपालको तेस्रो लामो ‘डी– आकृतिको’को झोलुंगे पुल रहेको बताउँदै यसले वुद्धशान्तीको पर्यटन प्रवद्र्धनमा मद्वत पुग्ने बताउनु भयो ।

उहाँलेले झोलुङ्गे पुल सञ्चालनमा आएपछि बुद्धशान्ति गाउँपालिकाका दुई वटा वडाहरुलाई मात्रै जोड्ने नभइ यसले त्यहाँका वासिन्दाको जीवनस्तर उकास्ने बताउनु भयो ।

बुद्धशान्ति गाउँपालिका वडा नं. ६ का वडाध्यक्ष शिवराज पौडेलले दुई वर्षमा बनिसक्ने भनिएको झोलुंगे पुल छ महिनामै निर्माण निर्माण कार्य सम्पन्न गरेर ठेकेदारले बुद्धशान्तिवासीको मन जितेको बताउनु भयो ।

बुद्धशान्ति गाउँपालिका वडा नं ७ का अध्यक्ष चन्द्र भण्डारीले निर्माण अवधि अघि नै झोलुंगे पुल निर्माण सम्पन्न गरेकोमा ठेकेदारलाई धन्यवाद दिँदै यसले निर्माण व्यवसायीलाई हेर्ने दृष्टिकोण परिवर्तन भएको जनाउनु भयो ।

झोलुंगे पुल निर्माण हुनु अघि बुद्धशान्तिको वडा नं.६ बाट बुद्धशान्तिको वडा नं. ७ जान स्थानीयबासीले ठूलो सकस भोग्दै आएकोमा अब झोलुंगे पुल निर्माण भएपछि त्यो समस्या हटेर आवागमन सहज हुने उहाँले बताउनु भयो ।

‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ सञ्चालनमा आएसंगै त्यहाँ आन्तरिक तथा वाह्य पर्यटकको भीड हुन थालेको बताउँदै त्यसले बुद्धशान्तिलाई विश्वमाझ चिनाएको बताउनु भयो ।

कार्यक्रममा ‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माणका लागी जग्गा उपलव्ध गराउने जग्गादाताहरु कुन्तीदेवी कार्की, खगेन्द्रप्रसाद गड्तौला, निर्माण व्यवसायी , इञ्जिनियर, पुल निर्माण गर्ने श्रमिकलगायतलाई सम्मान गरिएको कार्यपालिका सदस्य दिनेश लेप्चाले बताउनुभयो ।

‘कोलबुङ–रमिते गौडा झोलुंगे पुल’ निर्माण भएकोमा त्यस क्षेत्रका वासिन्दाले खुशी व्यक्त गरेका छन् । उनीहरुले बल्ल गाउँमा सिंहदरबार आएको अनूभूति भएको जनाएका छन् । Mofasalbata

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array