राजकुमार ओली बिर्तामोड झापा। भवानी मिश्र पुरस्कारबाट झापाका प्राडा देवी नेपाल सम्मानित हुनुहुने भएको छ। साहित्य कला संगम दमकले प्रदान गर्दै आएको पुरस्कारबाट प्राडा नेपाललाई सम्मानित गर्ने साहित्य कला सङ्गमले बताएको हो। नेपाली भाषा साहित्य र लेखनमा उल्लेख्य योगदान पुर्याउने वरिष्ठ साहित्यकारलाई प्रदान गरिने यो पुरस्कारबाट यो वर्ष झापा जिल्लामै जन्मिएका नेपाली साहित्यका युवा साहित्यकार एवं गजल अभियन्ता प्राडा देवी नेपाललाई सम्मान गर्न लागिएको अध्यक्ष विष्णु न्यौपानेले पूर्वखवलाई बताउनुभयो। नगद ३५ हजार राशि सहितको यो पुरस्कार आउने चैत्र ११ गते वितरण गरिने तयारी गरिएको छ। सोही अवसरमा मोरङका साहित्यकार रेखा सुवेदी सहित पुरस्कृत हुने साहित्य कला सङ्गमले बताएको छ।
सम्मानित प्राडा नेपाल पूर्वखबर अनलाइनका सल्लाहकार पनि हुनुहुन्छ





