महिलामाथि हुने हिंसा न्युनीकरण गर्न मेचीनगरबाट अभियान शुरु

समाजका सबै वर्ग र समुदाय मिलेर मात्रै महिलामाथि हुने हिंसाको अन्त्य हुनसक्ने झापाको काँकरभिट्टामा आयोजित कार्यक्रमका बक्ताले बताउनुभएकोछ।

अन्तर्राष्ट्रिय महिला हिंसा दिवसको अवसरमा मेचीनगर नगरपालिकाले सोमबार काँकरभिट्टामा आयोजना गरेको प्रभातफेरिसहितको र्यालीपछिको कोणसभामा सहभागी महिला तथा प्रहरी प्रमुखले उक्त उद्घोष गर्नूभएको हो ।

कोणसभामा मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, महिला जनचेतना केन्द्रकी संस्थापक अध्यक्ष एवम् सामाजिक अभियन्ता राधा प्रधान कार्की, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रमुख डिएसपी मिमबहादुर लामा लगायतले महिला हिंसा सबै मिलेर अन्त्य गर्नुपर्नमा जोड गर्नूभएको हो ।

मेचीनगर नगरपालिकाको अगुवाईमा नगरका विभिन्न सामाजिक संघ(संस्थाहरुको सक्रिय सहभागितामा प्रभातफेरिसहितको र्याली गरिएको हो । र्यालीपछि कोणसभामा परिणत भएको थियो ।
मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीको सहभागिता रहेको कार्यक्रममा सरकारी तथा गैरसरकारी सामाजिक संघ संस्थाहरुको सहभागिता रहेको थियो ।
‘हामी सबैको प्रतिवद्वताः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्वता’ नारासहित नगरपालिकाले प्रभातफेरि गरेर आजदेखि १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान सुरु गरेको छ ।
कार्यक्रमको सञ्चालन नगरपालिकाकी महिला विकास अधिकृत जयन्ती खरेलले गर्नुभएको थियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array